site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सार्क कोभिड-१९ आपतकालीन कोषका लागि श्रीलंकाले ५० लाख अमेरिकी डलर सहयोग गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) को कोभिड-१९ आपतकालीन कोषका लागि श्रीलंकाले ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । 

श्रीलंकाका राष्ट्रपति गोताबय राजापाक्षले श्रीलंकाकातर्फबाट ५० लाख अमेरिकि डलर सहयोग गर्ने ट्विटरमार्फत जानकारी दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, "सार्कको कोभिड-१९ आपतकालीन कोषमा ५० लाख अमेरिकी डलर योगदान गर्न पाउँदा खुसी लागेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रस्तावित उक्त कोषका विभिन्‍न मुलुकहरुले  महत्वपूर्ण योगदान गरिरहेका छन् । क्षत्रीय तहमा हामी एक ठाउँमा भएर समस्या समाधान गर्न सक्छौं ।" 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति राक्षापक्षलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोषमा योदान गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । रोगविरुद्ध लड्‍ने हाम्रो सहकार्य दीर्घकालसम्म जारी रहने मोदीले बताएका छन् । 

यसअघि मार्च १५ मा गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सार्क राष्ट्र प्रमुखहरुको भिडियो सम्मेलनका क्रममा विश्वव्यापी रुपमा फैलिइरहेको नोभेल कोरोना भाइरसविरुद्ध लड्न दक्षिण एसियाली मुलुकहरु एक हुनुपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसका लागि भारतीय प्रधानमन्त्री मोदीले कोभिड-१९ आपतकालीन कोषका लागि एक करोड अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

Global Ime bank

यसअघि १९ मार्चमा प्रधानमन्त्री केपीशर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै उक्त कोषका लागि १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC