site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा कोरोना प्रभावित ७५ जिल्लामा 'लकडाउन' 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतका कोरोना भाइरसबाट बढी प्रभावित ७५ जिल्ला 'लकडाउन' गरिएका छन् । अधिकारीहरुका अनुसार मार्च ३१ सम्मका लागि आइतबारदेखि ७५ वटा जिल्लामा रेल, मेट्रो र आन्तरिक सवारीका लागि प्रयोग गरिने यातायातका साधनहरुको आवतजावतमा प्रतिबन्ध लगाइएको हो । 

भारतमा कोरोना संक्रमितको संख्या ३७० पुगेको छ । आइतबार बिहार र महाराष्ट्रमा कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । हाल भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि सम्पूर्ण राज्यका मुख्य सचिवहरुको आकस्मिक बैठकपछि ७५ जिल्लामा लकडाउन गर्ने निर्णय गरिएको हो । "कोभिड-१९ को संक्रमण तीव्ररुपमा फैलिरहेकोले आकस्मिक रुपमा यस्तो निर्णय गरिएको हो । अत्यावश्यकबाहेकका यात्राहरुका लागि अन्तर-राज्य यातायात सेवासमेत ३१ मार्चसम्म अवरुद्ध गरिएको छ," सरकारले जारीको विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा थप भनिएको छ, "विभिन्‍न राज्य सरकारका प्रतिनिधिहरुबीचको बृहत बैठकपछि अत्यावश्यकबाहेक सेवा बन्द गर्ने सहमति भएपछि कोरोनाको संक्रमण देखिएका र मानिसको मृत्यु भएका ७५ जिल्लामा लकडाउन गरिएको छ ।" 

Global Ime bank

भारतीय रेलसेवाले यसअघि नै मार्च ३१ सम्म सुविधा बन्द गर्ने घोषणा गरेको थियो । - हिन्दुस्तान टाइम्स 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC