site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सहिद मनिल तामाङ स्मृति दिवस सम्पन्न
Sarbottam CementSarbottam Cement

विराटनगर । लिम्बुवानी सहिद मनिल तामाङको सम्झनामा शहिद राजकुमार आङ्देम्बे माङ्तोकको १२औं स्मृति दिवस मनाइएको छ । 

मनिल तामाङ् स्मृति प्रतिष्ठानले झापाको पृथ्वीनगर–४ हाल भद्रपुर नगरपालिका वडा नम्बर ३ को देउनिया खोला किनारमा अवस्थित शहिद मनिल तामाङको समाधिस्थलमा बिहीबार एक कार्यक्रम गरी मनिल तामाङ्को १२ औं स्मृति दिवस मनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्रिभुवन विश्व विद्यालयद्वारा विद्यार्थी हकहितको निमित्त गर्ने स्ववियू निर्वाचन प्रणाली समानुपातिक पद्दतीबाट गरिनु पर्छ भनेर आन्दोलन गर्ने क्रममा वि.सं. २०६५ साल चैत्र ६ गते सम्पन्न हुनै लागेको स्ववियू निर्वाचनलाई रोक्ने क्रममा धुलाबारी क्याम्पसमा प्रहरीको गोली लागि मनिलको मृत्यु भएको थियो । प्रतिष्ठानका अध्यक्ष तथा संघीय लिम्बुवान मञ्च नेपालका वरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले शहिद मनिल तामाङ्को शहादत्ताले लिम्बुवान र पहिचान आन्दोलनले उच्च मूल्याङ्कन गरेको बताउनु हुँदै चाडै नै धुलाबारी क्याम्पस प्राङ्गणमा शालिक निर्माण गर्न पहल गर्ने बताएका छन् । 

त्यसैगरी कार्यक्रममा लिम्बुवानका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले सहिद मनिल तामाङ्लाई लिम्बुवान आन्दोलनले कहिल्यै भूल्न नहुने बताएका छन् । पहिचान र संघीयता प्राप्ति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नको लागि आन्दोलनरत लिम्बुवान मञ्च निरन्तर आन्दोलनमा होमिएको हुँदा समयमा नै शहिदको शालिक निर्माण लगायत कार्यहरु रोकिएको तर अब पुनः मञ्च सक्रिय भई सो कार्यमा अगाडि बढिसकेको बताए । 

Global Ime bank

कार्यक्रममा मञ्चका महासचिव शान्ता योङ्हाङ्, उपमहासचिव तथा प्रतिष्ठानका महासचिव दिल कुमार लावती, केन्द्रीय सदस्य किरण लिङ्देन, लिचन थेवे लगायत नेताहरुको उपस्थिति रहेको थियो । समाधीमा बौद्ध धार्मिक परम्परा अनुसार लामा पढाई सहिद प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

त्यसैगरी आज संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मातहतका प्रान्तीय मञ्चहरु, जिल्ला कार्य समिति, जनवर्गीय संगठन लगायतका समितिहरुर्ले सहिद मनिल तामाङको स्मृति दिवस विभिन्न ठाउँमा मनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC