site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शय्याबाट प्रधानमन्त्रीको सन्देश– छिटै काममा फर्कन्छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शय्याबाट सन्देश पठाएका छन् ।

मिर्गौला प्रत्यारोपणपछि थप उपचार र स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सचिवालयका सदस्यसँग कुराकानी गर्दै स्वास्थ्यमा तीव्र सुधार देखपरिरहेको र यथाशीघ्र काममा फर्कने विश्वास व्यक्त गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओली  र प्रमुख राजनीतिक सल्लाहकारबीच शुक्रबार बिहान भेट भएको थियो । प्रधानमन्त्री ओलीले छिट्टै म काममा फर्कने बताएको सल्लाहकार रिमालले ट्विटमार्फत् जानकारी गराएका छन् ।
“सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । “साथीहरूलाई भनिदिनूस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिटै म काममा फर्किन्छु,” उनले माइक्रो ब्लगिङ साइटमा ट्विट गरेका छन् ।

Global Ime bank

निजी चिकित्सक डा. दिव्यासिंह शाहले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको बताउँदै आगामी बुधबारपछि डिस्चार्ज हुने सम्भावना व्यक्त गरेकी थिइन् । १३ वर्षअघि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौैला प्रत्यारोपण गरिएका ओलीका गत बुधबार पुनः प्रत्यारोपण गरिएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC