खेल
काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ ।
थाइल्यान्डमा आयोजना हुने प्रतियोगिताका लागि एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको हो ।
नेपालले फेब्रुअरी २९ मा मलेसियासँग पहिलो खेल खेल्दा मार्च १ मा हङकङसँग खेल्नेछ । यस्तै मार्च ४ मा थाइल्यान्डसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।
शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउनेछन् ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६ १६:२९
प्रतिक्रिया दिनुहोस्