site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन बैंकको अध्यक्षमा गौतम, बैंकमा सीडीसीलाई भित्र्याइँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । बैंकको बुधबार सम्पन्न साधारण सभामा उनी सदस्यमा छानिएका थिए । गौतम कर्मचारी सञ्चय कोषका प्रमुख हुन् ।

बैंकमा बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी) लाई भित्र्याउन नेपाल राष्ट्र बैंकको निर्देशनमा सञ्चालक समितिको निर्वाचन भएको थियो । पाँच जना नयाँ सञ्चालक सदस्य छानिएपछि करिब १५ वर्षदेखि अध्यक्ष रहँदै आएका मनोजबहादुर श्रेष्ठ बाहिरिए । बैंकमा सीडीसीलाई भित्र्याउन नदिने खेल भएको भन्दै राष्ट्र बैंकले निर्वाचन गराउन लिखित रूपमा निर्देशन दिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बैंकको सञ्चालकमा खेतान समूहको प्रतिनिधि भएर आशिष शर्मा सञ्चालक समिति सदस्य भएका छन् । 

बैंकमा रहेको पाकिस्तानी बैंक हबिबको २० प्रतिशत सेयर किनेर सीडीसी नेपाली बैंकिङ क्षेत्रमा प्रवेश गर्न खोजेको छ । बैंकमा २६ वर्षदेखि साझेदारी गरिरहेको हबिबले आफ्नो सेयर सीडीसीलाई बिक्री गर्न खोजेको छ ।

Global Ime bank

बैंकमा हबिबको २० प्रतिशत, कर्मचारी सञ्चय कोषको १४ प्रतिशत लगानी रहेको छ । यस्तै एन ट्रेडिङ कम्पनीको १२.७१, म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेसनल प्रालिको ११.३८ प्रतिशत, छाया इन्टरनेसनल प्रालिको ८.८९ प्रतिशत र शशिकान्त अग्रवालको २.६५ प्रतिशत सेयर छ । 

यो पनि...

हिमालयन बैंकबाट बाहिरिए अध्यक्ष श्रेष्ठ, सञ्चालकमा आए पूर्व मन्त्री थापा र शर्मा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC