site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सूर्यज्योतिको अभिकर्ता ‘प्रोडक्ट एम्बास्डर’ अभियान प्रभावकारी बन्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूर्यज्योतिसँग आबद्ध मापदण्ड पूरा गरेका देशैभरिका अभिकर्ताहरूमध्येबाट एक वर्षका लागि कम्पनीले ‘प्रोडक्ट एम्बास्डर’ बनाउँदै आएको छ ।

प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरूको फोटो राखी  कम्पनीको विज्ञापन सामग्रीहरू कम्पनीले प्रयोग गर्ने विभिन्न सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जालमार्फत देशव्यापी रूपमा प्रचार–प्रसार गर्नुका साथै कम्पनीका देशैभरी रहेका शाखा कार्यालयहरूको विशेष स्थानमा उनीहरूको फोटो अंकित व्यानर, विज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचारप्रसार गर्ने गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरूको मान–सम्मान, इज्जत एवं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनीहरूप्रतिको विश्वसनीयता बढ्ने, व्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्नुका साथै आम्दानीमा समेत उल्लेखनीय वृद्धि हुने भएकाले कम्पनीमा आबद्ध सबै अभिकर्ताहरू माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको कम्पनीले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षमा यस कम्पनीका बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरव कुमार शाही तथा महाराजगंज शाखाका सृजना पन्तले क्रमशः चौरासी पूजा जीवन बिमा योजना, सुरक्षित भविश्य जीवन बिमा योजना र सावधिक जीवन बिमा योजनाका लागि ‘प्रोडक्ट एम्बास्डर’ को उपाधि प्राप्त गर्न सफल भएका छन् ।

Global Ime bank

प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीद्वारा प्रदान गरिएको यो अवसरमार्फत अभिकर्ताहरूले मेचीदेखि महाकालीसम्म रहेका दूर दराजका गाउँगाउँका हरेक घरसम्म पुगेर आफ्नो क्षमताहरू प्रदर्शन गरी हरेक नेपालीको मन मुटुमा जोडिएर विश्वसनीयता स्थापित गर्दै आफ्नो व्यवसाय वृद्धिमा अवश्य सहजता हुने कुरामा आफू विश्वस्त रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !