site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन बैंकबाट बाहिरिए अध्यक्ष श्रेष्ठ, सञ्चालकमा आए पूर्व मन्त्री थापा र शर्मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन बैंकमा करिब १५ वर्षदेखि निरन्तर अध्यक्ष रहँदै आएका मनोजबहादुर श्रेष्ठ बाहिरिएका छन् । बैंकको बुधबार सम्पन्न २७ औं वार्षिक साधारण सभापछि श्रेष्ठ बाहिरिएका हुन् । साधारण सभाले सञ्चालक समिति सर्वसम्मत चयन पनि गरेको छ ।

सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने सदस्यहरू चयन भएका हुन् । पाँच जना नयाँ सदस्यमा प्रचण्डबहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसीप्रसाद गौतम, सुनिलबहादुर थापा र आशिष शर्मा छन् । थापा पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री हुन् । यस्तै शर्मा पनि नयाँ सदस्यका रूपमा छानिएका हुन् । 

बैंक मर्जरमा नजाने, एफपीओ पनि जारी नगर्ने

Prabhu Bank
Agni Group
NIC Asia

साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंक मर्जरमा नजाने स्पष्ट पारे । सेयरधनीहरूको प्रश्नको जवाफ दिँदै उनले बैंकले एफपीओ पनि जारी नगर्ने बताए ।

उनले संस्थापकहरूको १५ प्रतिशत सेयर सर्वसाधारणमा रूपान्तरण गर्ने बैंकको योजना रहेको सुनाए । एफपीओमा जाँदा पाकिस्तानको हबिब बैंकको सेयर पनि ‘डाइलुट’ हुने भएकाले एफपीओ जारी गर्न नमिल्ने उनले बताए । अर्कातर्फ बिग मर्जरको कुरा चलिरहेका बेला बैंकले सम्भावित मर्जरका विषयमा नसोचेको पनि उनले बताए । 

Global Ime bank

प्रस्तावित लाभांश पारित

साधारण सभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । सभाले १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यो बोनस सेयरको वितरणपश्चात् बैंकको चुक्ता पुँजी  ९ अर्ब ३७ करोड २२ लाख पुग्ने अध्यक्ष मनोजबहादुर श्रेष्ठले बताए । 

अध्यक्ष श्रेष्ठले २७ वर्षदेखि सेवारत हिमालयन बैंक नेपालको वित्तीय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । 

बैंकले आव २०७५÷७६ अन्त्य सम्म १ खर्ब १३  अर्ब ९ करोड  निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC