site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दीपक मनाङे ६ हजार धरौटीमा रिहा 
Siddhartha BankSiddhartha Bank

पोखरा । गण्डकी प्रदेशका सांसद राजीब गुरुङ उर्फ दीपक मनाङे छ हजार धरौटीमा रिहा भएका छन् । 

उनी गत बिहीबार कास्की जिल्ला अदालतको अनुमतिमा पक्राउ परेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बिहीबार मनाङे पक्राउ परेका थिए ।

गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए । 

Global Ime bank

मनाङेले झापड हानेको स्वीकारसमेत गरेका थिए । उनी बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, “मैले हातपात गरेको होइन, झापट हानेका हो ।”

मिलन गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी निवेदन दिएका थिए । प्रहरीले मनाङेलाई पक्राउ गर्छ त ? कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले भने, “अनुसन्धान गर्दै जाने हो, अहिले नै पूर्वानुमान गर्न मिल्दैन ।”

मनाङेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि बैंक ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय