site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोगीको भेषमा लुटपाट ! प्रहरीको ११ घण्टा लामो 'अपरेशन'ले खुल्यो रहस्य

काठमाडौं । तपाईंको घरमा सधैँ एकनासका जोगी भिक्षा माग्न आइरहेका त छैनन् ? यदि त्यस्तो भइरहेको छ भने ख्याल गर्नुहोला । जोगीका भेषमा भिक्षा माग्नेहरू वास्तविक जोगी नभई लुटेरा पनि हुन सक्छन् । 

काठमाडौंको सेतोपुलस्थित उर्मिला श्रेष्ठले यही घटनाको सामना गुर्नपरेको छ ।   बिहीबार बिहानै ८ः४५ बजे गेरुबस्त्रमा भिक्षा माग्दै एक पुरुष र एक महिला उर्मिलाको घरको गेटसम्मै पुगे । उर्मिलालाई लाग्यो, जोगी नै हुन् ।

उनी घरको दोस्रो तल्लामा थिइन् । उनी भिक्षा दिन आफूसँग भएको चानचुन १५ रुपैयाँसहित गेटमा पुगिन् ।  उनले भिक्षा दिइन् र फर्किइन् । तर, भिक्षा माग्न आएका दुवैले उर्मिलाको गेट छाडेनन् । उल्टै १५ रुपैयाँ दिएर फर्किएका उर्मिलालाई फेरि तल ओर्लिन आग्रह गरे ।

भिक्षा माग्नेहरू नफर्किएको र फेरि बोलाएपछि उनी तल नझर्ने कुरै थिएन । उनी तिनलाई भेट्न ओर्लिइन् । त्यसपछि तिनले उर्मिलासँग प्रश्न सोधे, “तपाईंलाई ईश्वरप्रति विश्वास छ कि छैन ?”

उर्मिलाले सहज तरिकाले जवाफ दिइन्, “म ईश्वरप्रति आस्था राख्ने मान्छे हुँ । म पूजाआजा गर्छु ।”

उर्मिलाको यति जवाफ पाएपछि भने भिक्षा माग्न पुगेका दुवै हौसिए ।  महिला भेषमा रहेकी जोगीले आफूसँगै बोकेको एउटा बुटी उर्मिलाको हातमा थमाईंदिइन् । त्यसको पूजा गर्दा राम्रो हुने विश्वास दिइरहेका थिए ।

उनीहरूको आश्वासन एकोहोरो सुनिरहेका उर्मिलालाई थप अर्का आग्रह गरे, कानको मुद्रीको मन्त्र गरी लगाउँदा अझ राम्रो हुन्छ, “हामी पूजा गरिदिन्छौँ । एकछिन खोल्नुस् त ।”

उर्मिलाले मन्त्रका लागि दिएको उनका मुन्द्री हात पारेपछि भने उनीहरू दुवै भागे, फरार भए ।  उर्मिला प्रहरी गुहार्न बाध्य भइन् । उर्मिलाले तत्काल प्रहरीलाई खबर गरेर आफ्नो कानको मुन्द्री चोरेर भिक्षा माग्न आएकाहरु भागेको जानकारी दिइन् ।

उर्मिलाको खबरपछि प्रहरी वृत्त कमलपोखेरीबाट प्रहरी टोली  प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदी आफैँ उर्मिलाको घर पुगे । जोगीको खोजीका लागि प्रहरीको टोली अपरेसनका लागि खटाए ।

Joig-1719571735.jpg
 

११ घण्टाको अपरेशनले खुलायो घटनाको रहस्य

आफ्नै एरियामा जोगीको भेषमा आएकाबाट लुटपाट भएको घटनालाई डीएसपी सुवेदीले गम्भीर रुपमा लिँदै अनुसन्धान थाले । उर्मिलाको घर नजिक जोडिएका ठाउँका ‘सीसीटीभी फुटेज कलेक्सन’ गरे ।

उर्मिलाको घर नजिकैको एउटा सीसीटीभी फुटेजमा गेरुबस्त्र लगाएका दुईजना टेम्पु चढेर जाँदै गरेको फेला पर्‍यो ।  अनुसन्धानमा खटिएको प्रहरी टोलीले टेम्पो गएको बाटोका फुटेज हेर्दै अनुसन्धान अघि बढायो । तर, टेम्पो चढेको केही दुरीमै उनीहरू आर्लिए । टेम्पोको साटो उनीहरूले फेरि ट्याक्सी बुक गरेर हिँडे । प्रहरीले उनीहरू जोगीको भेषमा चोरी र लुटपाट गर्ने समूह भएको निष्कर्ष निकाल्दै दिनभर अनुसन्धानमा जुट्यो ।

प्रहरीले चोरीका घटनामा तिनको संलग्नताको पनि आशंका गरेको थियो । प्रहरीले उनीहरू चढेको ट्याक्सीको नम्बरमार्फत् चालकको नम्बर फेला पार्‍यो । अनुसन्धानमा खटिएको टोलीले चालकलाई फोन गरेर कमलपोखरी बोलाए ।

त्यतिबेला चालक जोगीलाई छाडेर यात्रुको खोजीमा त्रिभुवन विमानस्थल पुगेका थिए । प्रहरीले सोधपुछका लागि बोलाएपछि भने उनी कमलपोखरी आए । प्रहरीले जोगीलाई ट्याक्सीमा छोडेकाबारे सोधपुछ गरे । ट्याक्सी चालकले जोगीलाई बौद्ध नयाँबस्ती छाडेको सूचना दिए । 

त्यही सूचनाका आधारमा प्रहरीले नयाँबस्तीका शंकास्पद ठाउँमा ‘सर्च’ गर्‍यो ।

Gold-1719571854.jpg
 

त्यही क्रममा नयाँबस्तीको एक सुकुम्बासी बस्तीमा तिनीहरू बस्ने गरेको फेला पर्‍यो । सोधपुछका क्रममा सेतोपुल पुगेर फर्किनेमा भारत कर्नालका २६ वर्षीय देबु दया र ४० वर्षीया जेलिना रहेको खुल्यो ।

त्यतिबेला भने उनीहरूले गेरुबस्त्र फुकालिसकेका थिए । 
प्रहरीले उनीहरूमाथि थप केरकार गर्‍यो । प्रहरीको अनुसन्धानका क्रममा भने उर्मिलाको मुद्रा चोरी गर्ने देबु र जेलिना खुलेपछि उनीहरू दुवैलाई कमलपोखरी प्रहरीले ११ घण्टापछि बिहीबार साँझ ७ः२० मा पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका दुवैमाथि अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।  जोगीको भेषमा उनीहरूले थप अन्य ठाउँमा समेत चोरी गरेको आशंका प्रहरीले गरेको छ । पक्राउ परेकाहरूबाट उर्मिलाको दुवै कानको मुन्द्रा बरामद गरिएको कमलपोखरी प्रहरी वृत्तका प्रमुख डीएसपी सुवेदीको भनाई छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro