site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पहिले १९५ रुपैयाँको लोगो लगाउने गण्डकीका सांसदलाई अहिले १३ हजारको लोगो

पोखरा । गण्डकी प्रदेशसभा सचिवालयले २५ हजार रुपैयाँ पुरस्कारसहित गण्डकीको लोगो बनाउन सूचना जारी गर्‍यो । सूचनापछि प्रदेशसभाकै कर्मचारीले बनाएको लोगोलाई नियमावलीमा राखियो ।

त्यसपछि नै प्रदेशसभा सदस्यहरूले उक्त लोगो प्रयोग गर्न थाले । पहिलो कार्यकालमा बनाइएको उक्त लोगो प्लास्टिकको थियो । त्यतिबेला प्रतिलोगोको मूल्य १९५ रुपैयाँ थियो ।

त्यही लोगोलाई पछि चाँदीको बेस राखेर चौघेरामा सुनको लेपन लगाइयो । त्यस्तो लोगो चीनबाट बनाएर ल्याइएको थियो । चाँदी र सुनको लेपन जोडेपछि लोगोको मूल्य ३३ गुणा महँगो हुन पुग्यो । १९५ रुपैयाँको प्लास्टिकको लोगोमा चाँदी र सुन जोड्दा त्यसको मूल्य ६ हजार ७५० रुपैयाँ पर्न गयो ।

Dabur Nepal
NIC Asia

नेपालले विसं ०७७ जेठमा कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत देखिने गरी नेपालको आधिकारिक नक्सा जारी गर्‍यो । त्यसपछि गण्डकीको लोगो पुन: सच्याइयो र लोगोमा नेपालको चुच्चे नक्सा समेटियो ।

पहिलो कार्यकालमा प्लास्टिकको लोगो लगाएका प्रदेशसभा सदस्यहरूले कार्यकालको अन्त्यतिर चाहिँ चुच्चे नक्सासहितको सुन जडित लोगो लगाउन पाए ।

दोस्रो कार्यकालमा भने गण्डकी प्रदेशसभाको नियमावली नै नयाँ बनाइयो । नियमावली संशोधनको क्रममा गठित उपसमितिले पुरानो लोगो भद्दा भएको भएको भन्दै नियमावलीमा नयाँ लोगो राख्यो ।

०८० असारमा पारित नयाँ नियमावलीमा नयाँ लोगो समेटिए पनि प्रदेशसभा सदस्यहरूले पाएका थिएनन् । उनीहरूलाई प्रदेशसभा सचिवालयले चुच्चे नक्सासहितको पुरानै लोगो दिएको थियो ।

आर्थिक वर्षको अन्त्यतिर भने प्रदेशसभा सदस्यहरूलाई नियमावली अनुसारकै नयाँ लोगो दिइएको छ । त्यो पनि चौघेरा सुनको र बेसमा चाँदीजडित ।

हालको लोगोमा महिला र पुरुषले हात मिलाएको चित्र अंकित छ ।  नयाँ लोगोको चौघेरा स्वर्ण रंगको छ । धानको बालादेखि दुई हात पनि सुनौलो रंगका नै छन् । लोगोभित्र निलो रंग प्रयोग गरिएको छ, जसको अर्थ आकाश हुने बताइएको छ ।

खरानी रंगको पृष्ठभूमिमा सुनौला अक्षरले गण्डकी प्रदेशसभा लेखिएको छ । गण्डकी प्रदेशको भूगोलमाथि भने नेपालको झन्डा राखिएको छ । गण्डकीको लोगोको चौघेरा ३२ मिलिमिटरको छ भने मोटाइ दुई मिलिमिटरको छ ।

यही लोगोलाई वर्षको अन्त्यमा आएर प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरूलाई उपलब्ध गराएको हो ।

सचिवालयका अनुसार यो लोगो पनि चीनमा नै तयार भएर आएको हो । पहिलाको तुलनामा अहिलेको लोगोकोको मूल्य दोब्बर छ ।

सचिवालयले दिएको जानकारी अनुसार अहिले प्रदेशसभा सदस्यहरूलाई उपलब्ध गराइएको लोगोको मूल्य १३ हजार २७७ रुपैयाँ ५० पैसा पर्न आउँछ । सचिवालयमा बजेट नभएका कारण लोगो छपाइका लागि अर्थ मन्त्रालयसँग थप बजेट माग गरिएको थियो ।

सचिवालयले मागेको १० लाख रुपैयाँ अर्थले उपलब्ध गराएपछि लोगो छपाइ गरिएको थियो । सचिवालयले यो मूल्यमा ७३ वटा लोगो छापेको छ ।

प्रदेशसभा नियमावलीको अनुसूची ८ मा प्रतीक चिह्न (लोगो) को व्यवस्था गरिएको छ । यो लोगो नियम २२२ सँग सम्बन्धित छ ।

‘सदस्यहरूले प्रयोग गर्ने प्रतीक चिह्न (लोगो) अनुसूची ८ बमोजिमको हुनेछ । त्यस्तो प्रतीक चिह्नको प्रयोग र सम्मानमा सदस्यले उचित ध्यान दिनुपर्नेछ,’ उपनियम २ मा भनिएको छ ।

प्रस्तावित नियमावली, २०८० को अनूसूची ८ मा प्रतीक चिह्नको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्यहरूको पोसाक (ड्रेसकोड) र प्रतीक चिह्न कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोक्ने व्यवस्था छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro