देश

काठमाडौं । १५ बुँदे घोषणापत्र जारी गर्दै नेपाल सामुदायिक पुस्तकालय संघको वाग्मती प्रदेश सम्मेलन सकिएको छ ।
सम्मेलनबाट सुजाता विष्टको अध्यक्षतामा सात सदस्यीय नेपाल सामुदायिक पुस्तकालय संघ, वागमती प्रदेश कार्यसमिति गठन गरिएको छ । यस्तै, काठमाडौ उपत्यका सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा.डा. गोविन्दप्रसाद पोखरेलको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको जानकारी गराइएको छ ।
काठमाडौंको लाजिम्पाटस्थित डिल्लीरमण रेग्मी स्मारक पुस्तकालयमा यही असार १३ र १४ गते सार्वजनिक तथा सामुदायिक पुस्तकालयको वाग्मती प्रदेश सम्मेलन आयोजना गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, असार १५, २०८१ १६:४६
प्रतिक्रिया दिनुहोस्