site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिधाकुरा ‘द डार्क फाइल’ प्रकरण : आरोपीलाई हुन सक्छ पाँच वर्षसम्म कैद सजाय

काठमाडौं । सिधाकुरा डटकमको ‘द डार्क फाइल’ श्रृंखलामा प्रकाशित सामग्रीविरुद्ध साइबर अपराधमा मुद्दा चलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो । कार्यालयले काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको हो ।

अदालतमा मुद्दा दर्ता भएसँगै सिधाकुरा डटकमका सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो रेकर्ड उपलब्ध गराउने राजकुमार तिमिल्सिना कानुनी दायरमा आउने भएका हुन् । उनीहरूले ‘फेक’ अडियो बनाएको र प्रसारण गराएको खुलेपछि साइबर अपराधमा मुद्दा दायर भएको हो । उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने भएको हो ।

ऐनको दफा ४७ मा कम्प्युटर इन्टरनेटमार्फत कसैप्रति घृणा, वा द्धेष फैलाउने वा विभिन्न जातजाति तथा सम्प्रदायबीचको सम्बन्धलाई खलल पर्ने किसिमको सामग्रीहरू प्रकाशन प्रसारण गर्न नहुने उल्लेख गरेको छ ।

यस्तो वा अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यस्तो छ अभियोजनपत्र

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro