site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुनमा विपत्ति : २० दिनमा ४२ जनाको मृत्यु, ५१ घाइते

काठमाडौं । पानी पार्ने मनसुन प्रणाली भित्रिएयता देशमा जनधनको ठूलो क्षति भइसकेको छ । हाल मनसुन सक्रिय अवस्थामा छ ।

गएको जेठ २८ गते नेपालको पूर्वी भूभागमा मनसुन भित्रिएको थियो । केही दिन उक्त भूभागमा मात्र सीमित मनसुन देशभर फैलिइसकेको छ ।

नेपाल प्रहरीका अनुसार, जेठ २८ यता बाढीपहिरो, चट्याङबाट देशभर ४२ जनाको मृत्यु भइसकेको छ । त्यसरी ज्यान गुमाउनेमा १२ बालबालिका समेत थिए ।

यो अवधिमा प्राकृतिक विपद्का ३७८ घटना रेकर्ड गरिएको छ । ती घटनामा परी ५१ जना घाइते भएका छन् । घाइतेमध्ये १० बालबालिका छन् ।

प्राकृतिक विपद्का घटनामा ६ करोड ९९ लाख ७९ हजार २०० रुपैयाँबराबरको धनमालको समेत क्षति भएको प्रहरीले जानकारी गराएको छ ।

wefdsgaf-1719665091.jpg
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्