site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२० दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–४ का ३४ वर्षीय लुसन तिवारीलाई शुक्रबार (हिजो) पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तिवारीलाई उच्च अदालत विराटनगरको इलाम इजलासले ०८० जेठ १० गते उक्त मुद्दामा २० दिन कैद, २७ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा एक लाख आठ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने फैसला गरेको थियो । त्यसपछि उनी फरार थिए ।

पक्राउपछि फैसला कार्यान्वयन निम्ति उनलाई झापा जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतको आदेशले कैद भुक्तानका निम्ति जिल्ला कारागारमा पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro