site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दीपक मनाङेलाई पक्राउ पुर्जी जारी
Siddhartha BankSiddhartha Bank

पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई  कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । 

अदालतले बिहीबार उनका नाममा पक्राउ पुर्जी जारी गरेको हो । मिलन गुरुङले भने बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेरै मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए । 

गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

मनाङेले झापड हानेको स्वीकार गरेका छन् । उनी बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, “मैले हातपात गरेको होइन, झापट हानेका हो ।”

मिलन गुरुङले भने बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेरै मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए । 

Global Ime bank

पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी निवेदन दिएका थिए । प्रहरीले मनाङेलाई पक्राउ गर्छ त ? कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले भने, “अनुसन्धान गर्दै जाने हो, अहिले नै पूर्वानुमान गर्न मिल्दैन ।”

पीडित गुरुङले जाहेरी दिनुपूर्वको पत्रकार सम्मेलनमा शान्ति सुरक्षा, सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरू लगाएर आफनो चरित्र हत्या गर्ने काम गरेको र आफ्नो जिउ धनको सुरक्षा हुनुपर्ने बताएका थिए ।

अनुसन्धानको क्रममा आवश्यक परेका कदम उठाउने प्रहरीले जनाएको छ ।  

मंगलबार मनाङेले एन्फा अध्यक्ष मिलन गुरुङलाई मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन हुनुपूर्व तीन झापड लगाएका थिए । मनाङेविरुद्ध एन्फा कास्की अध्यक्षले उजुरी हालेपछि प्रहरीले पक्राउका लागि अदालतमा अनुमति मागेको थियो । गुण्डा पृष्ठभूमिका मनाङे हाल गण्डकी प्रदेशसभामा सदस्य छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय