site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपकम्स अन्तरकलेज फुटसलमा ३२ टिम सहभागी हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपकम्स अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । आगामी बुधबार र बिहीबार हुने प्रतियोगितामा ३२ टिमको सहभागिता हुनेछ ।

बालुवाटारस्थित ढुकु फुटसल हबमा प्लान अन परफेक्सनले आयोजनामा प्रतियोगिता हुनेछ । मुख्य प्रायोजक नेपकम्स सर्भिसेज रहेको प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ, जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनका आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजकका अनुसार हरेक खेल २० मिनेटको हुनेछ र हरेक टिमले समूह चरणमा कम्तिमा ३ खेल खेल्नेछन् ।

दुईदिने यो प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र सर्टिफिकेट, दोस्रो हुनेले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र सर्टिफिकेट र तेस्रो हुनेले नगद १० हजार रुपैयाँ  प्राप्त गर्नेछन् । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक पुरस्कार पाउनेछन् । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर बाह्रखरी हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC