site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका तीन ठाउँमा सार्न मिल्ने पुल बन्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले पैदल यात्रुको चाप हुने ठाउँमा सार्न मिल्ने खालको स्टिल स्टक्चर (नट बोल्ट) पुल बनाउने भएको छ ।

चाबहिल, जयवागेश्वरी, माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा यस्ता पुल राख्ने योजना महानगरको छ । योसँगै आवश्यताअनुसार अन्य स्थानमा पनि पुल राख्ने योजना रहेको महानगरले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरले बनाउन लागेका सार्न मिल्ने पुलमध्ये माइतीघरको पुरातत्त्व विभाग अगाडि  निर्माण सुरु भइसकेको छ । त्यसैगरी, चाबहिल र जयबागेश्वरीमा पनि यही महिनाबाटै पुल निर्माण अगाडि बढ्ने महानगरले जानकारी दिएको छ । 

यसैबीच बाह्रखरीसँग कुरा गर्दै काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले महानगरले अघि सारेको सार्न मिल्ने नटबोल्ट पुल निर्माणले निरन्तरता पाएको बताए । श्रेष्ठका अनुसार ८० देखि ८५ लाख (भ्याट सहित) लागतमा तीन महिनाको अवधिमा नटबोल्ट पुल निर्माण सम्पन्न गर्न सकिनेछ ।

Global Ime bank

तीन ठाउँमा पुल बन्ने निश्चित, उपयुक्त सात ठाउँ अभाव 
काठमाडौं महानगर पालिकाले १० ठाउँमा स्टिल स्टक्चरमा सार्न मिल्ने पुल निर्माण गर्ने बताए पनि हालसम्म तीन ठाउँमा मात्र पुल बन्ने निश्चित भएको हो ।  इन्जिनियर श्रेष्ठका अनुसार चाबहिल चोक र जय बागेश्वरीमा यो महिनामै पुल निर्माण सुरु हुनेछ भने ४५ दिन भित्रमा पुरातत्त्व विभाग अगाडिको पुल निर्माण सम्पन्न हुनेछ ।

कुनै अवरोध नआए तीन महिनामा सार्न मिल्ने स्टिल स्टक्चर पुल बनाउन सकिन्छ । पैदल यात्रुको भिडभाड हुने र नौ फिटको फुटपाथ भएको ठाउँ भए सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ ।

पुल निर्माणका लागि खानेपानी पाइत तथा फुटपाथ व्यवसायले समस्यामा पारेको  उनको भनाइ छ । त्यसैगरी फुटपाथमै पुल बनाउनु पर्ने भएकाले पैदल यात्रु र कामदारलाई समेत समस्या भएको श्रेष्ठले बताए । फुटपाथ वरपरका पसलेहरूले पसल छेकिने भन्दै पुल बनाउन अवरोध गरेको कामपाको भनाइ छ ।

अन्य सात स्थानमा अध्ययन भइरहेको छ । काठमाडौं उपत्यकामा बाटो विस्तार हुने क्रममा फुटपाथ समेत समेटिएकाले पुल बनाउने ठाउँको अभाव भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC