site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गायक निशान भट्टराईको कार दुर्घटनामा मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । कार दुर्घटनामा परेर गायक निशान भट्टराईको मृत्यु भएको छ । 

गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेष्टुरेन्टबाट फर्किने क्रममा आफैंले चलाएको कार तीनकुनेमा दुर्घटनामा परेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो ।

ट्रमा सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

ढकालका अनुसार गायक भट्टराई आफैैंले कार चलाएका थिए । उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको थियो ।

गायक भट्टराईको ‘कामनाले भरिएको...’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर...’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छन् । 

Global Ime bank

निशान ०४१ मा रेडियो नेपाल प्रवेश गरेका थिए । ०४१ देखि ०४४ को अन्त्यसम्ले उनले रेडियो नेपालमा गायकको रुपमा काम गरेका थिए । 

रेडियो नेपालमा उनलाई बुलु मुकारुङले लगेका थिए । मुकारुङ भन्छन्, “मैले नै निशानलाई रेडियो नेपालमा लगेको हो । उनको प्रतिभाबाट शिवशंकर र नातीकाजी निकै प्रभावित हुनुहुन्थ्यो । उहाँहरुले मन पराएको गायक हो निशान ।”

गायक भक्तराज आचार्यले दरबारमार्गमा रहेको अमर रेष्टुँरा एन्ड बारमा लगेर निशानलाई गाउने काममा लगाइदिएको मुकारुङ बताउँछन् । 

त्यसपछि उनी सोही क्षेत्रमा काम गर्न थालेपछि रेडियो नेपालको जागिर पनि छोडेको उनको भनाइ छ । 

“मैले उसलाई भोजपुर, गोरखा लगायत विभिन्न ठाउँका कार्यक्रममा पनि लगेर गएको छु, राम्रो स्वर भएको मान्छे हो,” उनले सम्झिए । 

गायक निशान भट्टराई ०४६ सालमा पनि ठूलो दुर्घटनामा परेका थिए । उनी गायिका लोचन भट्टराईका भाइ हुन् ।   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC