site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से झिनो अंकले बढ्यो, एकैदिन एक अर्ब ७४ करोडले बढ्यो कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज परिसूचक २.८० अंकले बढेर २,६५८.६६ विन्दुमा बन्द भएको हो ।

कारोबार रकम एक अर्ब ७४ करोड ३६ लाख रुपैयाँले बढेको छ । आज १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज १२४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १२४ कम्पनीको सेयरमूल्य घटेको छ ।

पियोर इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । अपर होवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ७.५८ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्