site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले आफ्नै पार्टीका नेतालाई भन्यो, ‘उखु किसानको रकम तत्काल भुक्तानी गर’
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको प्रदेश ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको भुक्तानी गर्न निर्देशन दिएको छ ।

केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकले कनोडियालाई उखु किसानको दिन बाँकी रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको रकम नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण भएकाले यथाशीघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताए । कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक हुन् ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत पनि दिएको छ । प्रवक्ता शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरूको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुन सक्ने बताए । 

केन्द्रीय समिति बैठकमा प्रस्तुत राष्ट्रियसभा निर्वाचनसम्बन्धी प्रस्ताव पारित भएपछि टुंगो लाग्ने शर्माले बताए । उमेदवार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको पनि उनले बताए । शर्माले समाजवादीसँग तालमेलको ढोका खुलेको र शुक्रबारसम्म निर्णय हुने सम्भावना रहेको बताए ।

पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने उनको दाबी थियो । उनले पार्टीभित्र देखिएका विमतिहरू थाति राखेर भए पनि राष्ट्रियसभा चुनावमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे । सरकारले ल्याएको सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा ऐनका सन्दर्भमा पनि बैठकमा कुरा उठेको थियो । बिहीबारको बैठकमा असन्तुष्ट रामचन्द्र पौडेल पक्षका नेताहरूको भने सहभागी थिएनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro