site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बुटवलका लागि अफ्ताव उद्धिनको अर्धशतक 
Sarbottam CementSarbottam Cement

पोखरा । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बुटवल बलास्टर्सका खेलाडी अफ्ताव उद्धिन अहमेदले अर्धशतक पूरा गरेका छन् । पोखरा रंगशालमा टस हारेर पहिले ब्याटिङ् गरेको पोखरा पल्टनले दिएको १२२ रनको लक्ष्य पछाएको बुटवलका लागि उनले अर्धशतक पूरा गरेका हुन् । 

३३ बल खेलेका अफ्तावउद्धिनले १० चौका सहयोगमा ५० रन बनाएका हुन् । ७ ओभरको खेल सकिँदा बुटवलले विना विकेटको क्षेतिमा ६३ रन बनाएको छ । प्रतियोगितामा दुई खेल खेलेको पोखरा दुई अंक सहित तालिकाको चौथो स्थानमा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दुई खेल खेलेको बुटवल दुई अंक सहित तालिकाको अन्तिम स्थानमा छ । आजको खेलमा दुबै टोली दोस्रो जितको खोजिमा छन् । फाइनल सम्भावनालाई जिवित राख्नलाई पोखरालाई जितको आवश्यक्ता छ । 

साविक विजेतासमेत रहेको पोखरा आजको खेलमा पनि पाराजित भएमा फाइनल सम्भावना मुस्किल हुनेछ । पहिलो खेलमा काठमाडौंविरुद्ध ९ विकेटको जित निकालेको पोखरा दोस्रो खेलमा दोस्रो खेलमा चितवन राइनोजसँग ६ विकेट र तेस्रो खेलमा विराटनगर टाइटान्ससँग ४५ रनले पराजित भएको थियो । 

Global Ime bank

उता बुटवल बलास्टर्स प्रतियोगिताको तेस्रो खेल खेलिरहेको छ । पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्ससँग सुपर ओभरमा जित निकालेको बुटवल दोस्रो खेलमा चितवनसँग ११९ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC