site stats
बाह्रखरी :: Baahrakhari
देश
जुम्लाको न्यूनतम तापक्रम –६, काठमाडौंको ४.२ 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानको तापक्रम घटेको छ । तीन दिनयता काठमाडौंको न्यूनतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाको विवरणमा उल्लेख छ ।

यो वर्षको हिउँदयाम सुरु भएयता तापक्रम केही घट्ने र बढ्ने भइरहेको छ । बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

सोही समयमा बुधबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो । मंगलबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस मापन गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महाशाखाका अनुसार, पुस १७ (जनवरी १) गते काठमाडौंको न्यूनतम तापक्रम ५.१, पुस १८ गते ५.४, पुस १९ गते ५.७, पुस २० गते ५.९, पुस २१ गते ७.२, पुस २२ गते (सोमबार) ८.४ डिग्री सेल्सियस थियो ।

काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

बिहीबार बिहान महाशाखाले सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –६.० डिग्री सेल्सियस छ । बुधबार जुम्लाको न्यूनतम तापक्रम –५.० डिग्री सेल्सियस थियो । मंगलबार जुम्लाको न्यूनतम तापक्रम –५.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

बिहीबार धनकुटाको न्यूनतम तापक्रम ४.०, ओखलढुंगाको ४.८, डडेलधुराको ४.९, ताप्लेजुङको ५.४, दिपायलको ६.७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

मंगलबार, बुधबार र बिहीबारको तापक्रमको विवरण हेर्नोस्– 

j9-1736396598.jpgj8-1736396597.jpgj7-1736396597.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्