site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१३ औं सागमा पहिलो स्वर्ण विजेता मन्डेकाजीलाई राम श्रेष्ठको ५० हजार पुरस्कार 

काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो स्वर्ण विजेता खेलाडी मन्डेकाजी श्रेष्ठलाई भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठ (बोस) ले ५० हजार रुपैयाँ पुरस्कार दिएका छन् ।

पूर्व खेलाडीसमेत रहेका उपाध्यक्ष श्रेष्ठले प्रोत्साहन स्वरुप स्वर्ण विजेता खेलाडी मण्डेकाजीलाई ५० हजार रुपैयाँ पुरस्कार दिएका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

शुक्रबार मण्डेकाजी बसिरहेको होटेलमा नै पुगेर श्रेष्ठले ५० हजारको चेक हस्तान्तरण गरे । 

यसैबीच एथ्लेटिक्स संघका अध्यक्ष राजिब बिक्रम शाहले पनि स्वर्ण विजेता सन्तोषी श्रेष्ठ र गोपिचन्द्र पार्कीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । 

व्यक्तिगत रुपमा खेलाडीलाई सम्मान भइरहे पनि सरकारले अहिलेसम्म पदकधारी खेलाडीलाई रकम दिनेबारे घोषणा गरेको छैनन् ।  

यद्यपि प्रतियोगिता सुरू हुनअघि खेलाडीका लागि विशेष सम्बोधन गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले पदक जित्ने खेलाडीको पुरस्कार राशीमा उल्लेखनीय वृद्धि हुने घोषणा गरेका थिए । 

सरकारले यसअघि भने स्वर्ण विजेता खेलाडीलाई ३ लाख, रजत विजेता खेलाडीलाई दुई लाख तथा कास्य पदक विजेता खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro