site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो दिन जनकपुरमा मधेस १०२ रनमै अलआउट, वाग्मती ६८ रनले पछि

काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपको पहिलो दिन जनकपुरमा वाग्मती प्रदेशविरुद्ध घरेलु टिम मधेस १०२ रनमै समेटिएको छ ।

जनकपुरस्थित रामजानकी मैदानमा भएको खेलको स्टम्प हुँदासम्म मधेसविरुद्ध वाग्मती ६८ रनले पछि परेको छ ।

खेल बिहान नौ बजेदेखि सुरु हुने तालिका रहे पनि बाक्लो हुस्सुका कारण करिब दुई घण्टा रोकिएको थियो । खेलमा टस जितेर ब्याटिङमा आएको मधेसले पहिलो इनिङमा ३५.३ ओभर खेल्दा सबै विकेट गुमाएर १०२ रनमात्र बनाउन सक्यो ।

मधेसका मयन यादवले सर्वाधिक २१ रन बनाए । उनले ३६ बलमा एक चौका र एक छक्का प्रहार गरे । विशाल पटेलले १६ रन थपे । निरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमांशु दत्तले १० रन बनाए ।

मधेसलाई सस्तैमा रोक्न वाग्मतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । १४ ओभर बलिङ गरेका सन्दीपले दुई मेडन फ्याक्दै ४१ रन खर्चिए ।

सूर्य तामाङले तीन विकेट लिए । नन्दन यादव र प्रतिश जिसीको नाममा समान एक विकेट रह्यो ।

पहिलो दिन मधेसविरुद्ध १३ ओभरमा ३४ रन बनाउँदा वाग्मतीले दुई विकेट गुमाएको छ ।

वाग्मतीबाट अविजित रहेका सुभ कंशाकार २२ र इशान पाण्डे नौ रनमा खेलिरहेका छन् । त्यसअघि वाग्मतीका ओपनर रित गौतम तीन रन र आशुतोष घिरैया शून्यमा पभेलियन फर्किएका थिए ।

मधेसका रुपेश सिँह र विशाल पटेलले समान एक विकेट लिएका छन् ।

प्रतियोगिताको दोस्रो दिन बिहान नौ बजेदेखि खेल सुरु हुने तालिका छ ।

प्रतियोगिताको लिग चरणका खेलहरू दुई दिनको हुनेछ । जसमा एक दिनभर कुल ९० ओभर खेलाइने हुँदा एक टिमले ६० ओभर खेल्न पाउने छन् । प्रतियोगिताको फाइनल भने तीन दिनको हुनेछ ।

आजदेखि सुरु भएको प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसँगै मधेस र वाग्मती प्रदेश प्रतिस्पर्धामा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro