site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो दिन वीरगन्जमा गुम्यो १७ विकेट : ललितको सात र साहबको नाममा पाँच विकेट

काठमाडौं । मोफसलमा जारी जय ट्रफीको पहिलो दिन वीरगन्जमा विभागीय डर्बी जारी रहँदा १७ विकेट गुमेको छ ।

पर्साको वीरगन्जस्थित नारायण क्रिकेट मैदानमा सम्पन्न पहिलो दिनमा टस हारेर ब्याटिङमा आएको त्रिभुवन आर्मी क्लबले ३४.४ ओभरमा १२१ रन बनाउँदा सबै विकेट गुमायो । खेल बिहान ९ बजेदेखि सुरु हुने तालिका रहे पनि बाक्लो हुस्सुका कारण करिब दुई घण्टा रोकिएको थियो ।

पहिलो इनिङमा आर्मीका कुशल मल्लले सर्वाधिक २५ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । भीम सार्कीले ४६ बलमा दुई चौका र एक छक्कासहित २२ रन थपे । यस्तै, कप्तान विनोद भण्डारीले २१, पवन कार्कीले १५, बसिर अहमेदले १२ र साहब आलमले ११ रन जोडे । 

पुलिसका ललितनारायण राजवंशीले सात विकेट लिए । १४.४ ओभर बलिङ गरेका ललितले चार मेडन फ्याँक्दै ४७ रन खर्चिए । पुलिसका ललितले आर्मीका सन्तोष कार्की, तीर्थराज दास, सोमपाल कामी, बसिर अहेमद, विवेक यादव, साहब आलम र आकाश चन्दको विकेट लिए । 

ललितबाहेक, कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले समान एक विकेट लिए ।

पहिलो इनिङमा ब्याटिङका निम्ति आएको पुलिसले पहिलो दिनको खेल समाप्त हुँदासम्म पुलिसले २४ ओभरमा सात विकेट गुमाएर १०३ रन बनाएको छ । 

पुलिसबाट पहिलो दिन अविजित रहेका गुल्सन झा ३३ र प्रेम तामाङवले एक रन बनाएका छन् । यसबाहेक, पुलिसका अमित श्रेष्ठले १८, राशिद खानले १६, शंकर रानाले १३ र दीलिप नाथले १० रन जोडे । पुलिसका ओपनरद्वय कुशल भुर्तेल र अर्जुन साउद दुवै गोल्डेन डक भएका थिए ।

पुलिसविरुद्ध आर्मीका साहब आलमले पाँच विकेट लिएका छन् । ११ ओभर बलिङ गरेका साहबले एक मेडन फ्याँक्दै ५५ रन खर्चिएका छन् । सोमपाल कामी र पवन कार्कीले समान एक विकेट लिएका छन् ।

प्रतियोगिताको दोस्रो दिन सोमबार बिहान ९ बजेदेखि खेल सुरु हुने तालिका छ । 

प्रतियोगिताको लिग चरणका खेलहरू दुई दिनको हुनेछ । जसमा एक दिनभर कुल ९० ओभर खेलाइने हुँदा एक टिमले ६० ओभर खेल्न पाउनेछन् । प्रतियोगिताको फाइनल भने तीन दिनको हुनेछ । 

आजदेखि सुरु भएको प्रतियोगितामा दुई विभागीय आर्मी र पुलिससँगै मधेस प्रदेश र वाग्मती प्रदेश प्रतिस्पर्धामा छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro