site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवौँ झिल्टुङ क्रस कन्ट्री दौड माघ पहिलो साता

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ को आयोजनमा नवौँ झिल्टुङ क्रस कन्ट्री दौड माघ पहिलो साता हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै दौड माघ ५ गते हुने जानकारी दिएको हो ।

दौडमा खुला (महिला–पुरुष), स्थानीय खुला (पुरुष), खुला जुनियर १६ वर्षमुनि (छात्र–छात्रा), स्थानीय १६ वर्षमुनि (छात्र–छात्रा) स्थानीय भेट्रान (४५ वर्षमाथि पुरुष), भेट्रान खुल्ला (४५वर्षमाथि पुरुष) १३.५ किमि आमा समूह (स्थानीय) र स्थानीय वृद्ध पुरुष महिला वाल्क एन्ड टल्क गरी आठ विधा समावेश गरिएको छ ।

खुल्ला, स्थानीय खुला र भेट्रान खुल्ला १३.५ किमि र अन्य ४.५ किमिको हुनेछ । खुला दौडको शीर्ष तीनले क्रमशः २० हजार, १३ हजार ३३४ र ६ हजार ६६७ रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी स्थानीय खुलाका विजेता १३ हजार ३३४, उपविजेताले नौ हजार ३३४ र तेस्रो हुनेले ६ हजार ६६७ रुपैयाँ पाउने छन् ।

जुनियर १६ वर्षमुनि, स्थानीय १६ वर्षमुनि र स्थानीय भेट्रानका शीर्ष तीनलाई क्रमशः आठ हजार, पाँच हजार ३३४ र दुई हजार ६६७ रुपैयाँ प्रदान गरिने छ । यसैगरी भेट्रान खुल्लाका विजेताले १० हजार ६६७, उपविजेताले आठ हजार र तेस्रो स्थान हासिल गर्नेले पाँच हजार ३३४ रुपैयाँ पाउने छन् । आमा समूहका शीर्ष तीनलाई क्रमशः १६ हजार, १० हजार ६६७ र आठ हजार प्रदान गरिने छ । नेपाल एथलेटिक्स परिवारको प्राविधिक सहयोग रहने प्रतियोगितामा सहभागिताका लागि माघ ३ गतेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro