site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संगठन निर्माण अभियान सञ्चालन गर्नेसहित यस्ता छन् रास्वपाका निर्णयहरू
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

शनिबार र आइतबार गरी दुई दिन काठमाडौंको स्वयम्भूमा सम्पन्न बैठकले संगठन निर्माण अभियान सञ्चालन गर्नेसहित विभिन्न ११ वटा निर्णय गरेको हो ।

दुई दिनको केन्द्रीय समिति बैठकपछि आज जारी विज्ञप्तिमा उक्त अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्ला/निर्वाचन क्षेत्र समिति समेतको सहभागिता रहने र अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समिति निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिलाई सहजीकरण गर्ने निर्णय पनि रास्वपाले गरेको छ । अभियान आगामी माघ २ गतेदेखि सुरु भई दुई महिनासम्म सञ्चालन हुनेछ ।

बैठकले पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यको सुझावसहित पारित गरेको छ । राजनीतिक प्रशिक्षण केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरू

Untitled-1736095457.jpg

Untitled1-1736095457.jpg

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  २२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro