site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विभागीय डर्बीमा रोकिए आर्मी र पुलिस 
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन् । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न यस विभागीय डर्बीमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

दोस्रो चरणमा दुवै टिमको यो पहिलो बराबरी हो । यसअघि आर्मीले पहिलो खेलमा सर्लाहीको वाग्मती युवा क्लबलाई २–० ले पराजित गरेको थियो । पुलिसले भने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकाविरुद्ध ५–० को फराकिलो जित निकालेको थियो ।

आर्मी लिगको पहिलो चरणबाट दोस्रो र पुलिस तेस्रो स्थानमा रहँदै दोस्रो चरणमा आएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro