site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नवनिर्वाचित प्रदेश सांसद खिमविक्रमले लिए शपथ
Sarbottam CementSarbottam Cement

पोखरा । मंसिर १४ को उपनिर्वाचनमा बाग्लुङ २ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बिहीबार प्रदेशसभा सचिवालयमा उनलाई प्रदेश सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ दिलाएका हुन् । शाही राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका हुन् । उनलाई बाग्लुङमा नेकपाले समर्थन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त क्षेत्रबाट यसअघि निर्वाचित टेकबहादुर घर्तीमगरको २०७५ मंसिर २७ गते जण्डिसका कारण उपचाररत रहेकै अवस्थामा निधन भएको थियो । त्यसपछि रिक्त स्थानको लागि मंसिर १४ गते उपचुनाव भएको हो ।

उपचुनावमा राजमोका शाहीले ११ हजार दुई सय ३५ ल्याएर विजयी भएका हुन् । उनले कांग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतले पराजित गरे । शेरचनले नौ हजार १३८ मत ल्याएका थिए ।

Global Ime bank

शपथग्रहण पश्चात उनले आफ्ना क्षेत्रको जनताको समस्या संसदमा उठान गर्ने र नीति निर्माणमा भूमिका खेल्ने बताए ।

“हाम्रो क्षेत्रको समस्या, खानेपानी, विद्युत, पर्यटन, कृषि क्षेत्रको समस्याहरु छन्, यी क्षेत्रमा जनता प्रत्यक्ष रुपमा प्रभावित छन्, संसदबाट मैले यस विषयमा आवाज उठान गर्नेछु । अर्को कुरा, नीति निर्माणमा पनि मेरो भूमिका रहने नै भयो,  गणतन्त्र संस्थागत गर्ने, राष्ट्रियता बचाउने विषयमा मेरो भूमिका हुनेछ,” उनले भने ।

शाहीलाई शपथपश्चात गण्डकी प्रदेशका मुख्यमन्त्री, उपसभामुख, प्रदेशसभा सदस्यहरुले बधाई दिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC