site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्वर्णधारी नीमाले मेडल जब आमाको गलामा लगाइदिइन्...
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्षौँदेखि छोरीले गरेको मेहनतको आज परीक्षा भन्ने थाहा पाएपछि मनसुर घर्तीमगरलाई निद्रा नै लागेन । बिहानै गाडी ग्यारेजमा थन्क्याएर उनी बालकुमारी पुगे ।  उनलाई पुग्नु थियो लगनखेलस्थित आर्मीको कभर्डहल । जहाँ अहिले १३ औँ साग अन्तर्गत उसुका खेलहरु सञ्चालन भइरहेका छन् । उनकी छोरी नीमान घर्तीमगरको आज फाइनल राउण्ड थियो । त्यही भएर होला बुवा मनसुर छिटो लगनखेल पुग्न चाहन्थे ।  

तर गाडी बिग्रियो । उनी बिग्रेको गाडीलाई ग्यारेजमा थन्क्याएर लगनखेलतिर लागे । गाडी जाममा पर्यो भने खेल हेर्न नपाइने डर लागेपछि मनसुर दौडिँदै लगनखेल पुगे । उनी नपुग्दै पत्नी पुना घर्तीमगर परिवारका साथ दर्शकदीर्घामा बसिसकेकी थिइन् । 

उनले भने,“म त दौडिँदै आएको नि ! यता खेल छुट्ला भन्ने पिर लाग्यो । गाडीमा गए जाम पर्ला भन्ने लाग्यो अनि दौडिँदै आएँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

जब छोरी म्याटमा आइन् मनसुरको मन डरले काम्न थाल्यो । पहिलोचोटी छोरीको खेल दर्शकदिर्घामा बसेर हेरिरहेका उनलाई कतै चोट लाग्ने होइन् भन्ने डर थियो भने अर्कोतिर नीमानको सपना के होला भन्ने लागि रह्यो । 

Global Ime bank

अन्ततः उनी भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण जित्न सफल भइन् । बुवा मनसुर निकै खुसी हुँदै भन्छन्, “छोरीले मेहनतको फल पाएको छ । नानीले निकै दुःख गरेको थियो । राष्ट्रका लागि जुन लक्ष्य लिएको थियो आज पूरा भएको छ । निकै खुसी लागेको छ  ।”

छोरीले जित्ने आत्मविश्वासका साथ आएको बताएका उनले खेल हेर्दा भने निकै डर लागेको बताए । तर जोखिम नलिइ कुनै पनि क्षेत्रमा सफल नहुने भएका कारण छोरीले जोखिमवाला खेल रोजेर सही निर्णय गरेको बताए । 

“निकै ढुक ढुक हुने रहेछ । अन्तिमसम्म के–हुने हो कस्तो हुने भन्ने लाग्यो । तर छोरीको आत्मविश्वासले मलाई ढाडस दियो,” बुवा मनसुर भन्छन् ।

सुरुआतका दिनमा स्वास्थ्य राम्रो होला भनेर खेल खेल्न दिएका उनी १२ औं सागपछि छोरीलाई झनै सहयोग गरेको बताउँछन् । “मैले छोरीको इच्छाअनुसार खेल्न दिएको हुँ,” उनले भने, “भारतमा भएको खेलमा राम्रो पदक ल्यायो । त्यसपछि अझै राम्रो गरोस् भनेर सहयोग गरिरहेका छौं ।”

किराना पसल चलाउने नीमानकी आमा पुना सबै काम छोडेर छोरीलाई हौसला दिन लगनखेल पुगिन् । बुधबार नीमानले पहिलो राउन्डमा उत्कृष्ट प्रदर्शन गर्दाकी साक्षी पुनालाई घरमा बस्न मनै लागेन । छोराको सहयोगमा आर्मी कभर्डहलमा पुगेकी उनी छोरीले जितेको पदकमा निकै खुसी लागेको बताइन् । उनले भनिन्, “छोरीले मेहनतको फल पाएको छ । आगामी दिनमा अझै राम्रो गरोस्, हामी एकदम खुसी छौँ ।”

नीमानले यसअघि भारतमा सम्पन्न १२ औँ सागमा नेपालका लागि स्वर्णको खाता खोलेकी थिइन् । घरेलु मैदानमा स्वर्ण जितेकी उनले पदक आमाबुवा र गुरुप्रति समर्पित गरिन् । जब नीमानले मेडल गलामा लगाइदिइन् आमा पुना घर्तिमगर निकै भावुक बनिन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !