site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजस्थानविरुद्धको रोमाञ्चक जितसँगै कोलकाताको प्लेअफ सम्भावना कायमै

काठमाडौं । कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै प्लेअफ सम्भावनालाई जिवितै राखेको छ ।

आइतबार इडेन गार्डेन्डसमा घरेलु टोली कोलकाताले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर नै ब्याटिङ गरे पनि २०५ रन बनाए ।

राजस्थानका लागि कप्तान रियान परागले ४५ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक ९५ रनको योगदान गरे । यसैगरी यशस्वी जैसवालले ३४, सिम्रन हेटमायरले २९, शुभम दुवेले अविजित २५ र  जोफ्रा आर्चरले १२ रन बनाए । कोलकाताका लागि मोइन अली, सुनिल नारायण र वरुण चक्रवर्तीले समान दुई तथा वैभव अरोराले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०६ रनको योगफल तयार पारेको थियो ।

कोलकाताका लागि आन्द्रे रसेलले २५ बलमा ६ छक्का र चार चौकाको मद्दतले अविजित ५७ रनको योगदान गरे । यसैगरी अंगक्रिश रधुवंशीले ४४, रहमनुल्लाह गुर्बाजले ३५, कप्तान अजिंक्य रहाणेले ३०, रिन्कु सिंहले अविजित १९ र सुनिल नारायणले ११ रन बनाए ।

चौथो विकेटका लागि आन्द्रे र अंगक्रिशले ६१ तथा दोस्रो विकेटका लागि अजिंक्य र रहमनुल्लाहले ५६ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि जोफ्रा आर्चर, युदवीर सिंह, महेश तिक्क्षणा र कप्तान रियान परागले समान एक विकेट लिए ।  

जितसँगै ११ खेलमा ११ अंक जोडेको कोलकाता छैटौँ स्थानमा छ । पराजित राजस्थान १२ खेलबाट ६ अंकका साथ आठौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro