
काठमाडौं । कार्ल्सबर्गको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेताहरूलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका छन् । रोमाञ्चक एकदिवसीय गल्फ प्रतियोगितामा कुल १०० गल्फरले भाग लिएका थिए ।
‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता–२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार स्वरूप पाए ।
त्यस्तै, ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टी लामाले रनरअपको उपाधि जितेका छन् ।
त्यसैगरी महिलातर्फ गीता गुरुङ २५ अंकसहित विजेता बनेकी छन् भने सिनियरतर्फ ३३ अंकसहित अर्जुनकुमार कार्की विजयी भए ।
त्यस्तै, सुस्मिता खड्का महिलातर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ’कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले ’लङगेस्ट ड्राइभ’को उपाधि जितेका थिए ।
त्यसैगरी मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरूलाई ट्रफी र कार्ल्सबर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।