
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्द २३७ को लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट रंगशालमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेटका क्षतिमा २३६ रनको योगफल खडा गरेको हो ।
पन्जावका प्रभसिम्रन सिंहले सर्वाधिक ९१ रन बनाए । उनले ४८ बलमा ६ चौका र सात छक्का प्रहार गरे । कप्तान श्रेयस ऐयरले ४५ रन बनाए । जोस इंग्लिसले ३० रन बनाउँदा नेहाल वाधेराले १६ रन बनाए । अविजित रहेका शशंक सिंहले १५ र मार्कस स्टोइनिसले पाँच रन बनाए ।
लखनउका आकाश सिंह र दिग्भेस राठीले समान दुई विकेट लिए । प्रिन्स यादवले एक विकेट लिए ।
यसअघि आजै भएको पहिलो खेलमा राजस्थान रोयल्स विरुद्ध कोलकाता नाइट राइडर्सले एक रनको रोमाञ्चक जित निकालेको थियो ।