site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्लानिङ ब्वाइज र श्री कुमारीबीचको खेल बराबरीमा टुंगियो

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेड र श्री कुमरी क्लबले बराबरी खेल्दै अंक बाँडेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा प्लानिङ ब्वाइज र श्री कुमारीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।

५९औँ मिनेटमा श्री कुमारीका यमन महर्जनले टोलीलाई अग्रता दिलाए । तर, यमनको गोलमा पाएको यो अग्रता भने श्री कुमारीले लामो समयसम्म जोगााउन सकेन ।

७२औँ मिनेटमा प्लानिङ ब्वाइजका प्रतापसिंह राईले टोलीका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा टुंगिएको हो ।

बराबरीसँगै लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडले अपराजित यात्रा कायम नै राखेको छ । दोस्रो बराबरी खेल्दै प्लानिङ ब्वाइजले कुल सात खेलमा दुई बराबरी र सात जितबाट २३ अंक बनाएको छ । यसअघि प्लानिङ ब्वाइजले  ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

बराबरीसँगै श्री कुमारीले १३ अंक बनाएको छ । श्री कुमारीले पहिलो बराबरी खेल्दै कुल नौ खेलमा एक बराबरी, चार जित र चार हारबाट १३ अंक बनाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro