site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नामिबिया पहिलो पटक टि ट्वान्टी विश्वकपमा छनोट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अष्टे«लियामा आगामी वर्ष हुने टि–ट्वान्टी विश्वकपका लागि नामिबिया पहिलो पटक छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई)मा छनोटको दोस्रो प्ले अफमा ओमानलाई पराजित गर्दै नामिबिया पहिलो पटक विश्वकपमा छनोट भएको हो । 

गएराती सम्पन्न खेलमा नामिबियाले ओमानमाथि ५४ रनको जित निकाल्दा जेजे स्मिथले  उत्कृष्ट प्रदर्शन गरे । १ सय ६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको ओमान १९ दशमलव १ ओभरमा अल आउट भएपछि नामिबिया पहिलो पटक विश्वकपमा छनोट हुन सफल भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

ओमानका लागि खवर अलीले सर्वाधिक ४१ रन बनाए । अकीव इलियासले १८ रन बनाउँदा अमिर कलिम १३ र सुरज कुमारले ६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । ओमानका खेलाडीलाई सस्तैमा समेट्न नामिबियाका गेरहार्ड इरास्मस र बर्नार्ड शोल्ट्जले ३–३ विकेट लिए । जेजे स्मिथको नाममा २ विकेट रह्यो । 

त्यसअघि पहिलम ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । नामिबियाका लागि जेजेले ५९ रन बनाउँदा क्रेग विलियम्सले ४५ तथा निको डविनले २१ रन बनाएका थिए । ओमानका बिलाल खानले ४ विकेट लिएका लिएका थिए । 

Global Ime bank

समूह बी मा दोस्रो स्थानमा रहँदै प्ले अफ खेलेको ओमानले आज अन्तिम मौका खेलमा हङकङसँग खेल्नेछ । तेस्रो स्थानमा रहँदै प्लेअफ खेलेको नामिबियाले भने ऐतिहासिक रुपमा विश्वकपमा प्रवेश पाएको छ ।

अर्को प्लेअफमा आज यूएई र स्कटल्यान्डबीच प्लेअफमा प्रतिस्पर्धा हुँदैछ । विजेता टोली सोझै विश्वकपमा पुग्ने छ । पहिलो प्ले अफमा नेदरल्यान्ड्स हार ब्यहोरेको युएइले आज मौका पाएको हो । स्कटल्यान्ड भने समूह ए को चौथो स्थानमा रहँदै प्ले अफ पुगेको टोली हो । 

समूह ए बाट शीर्ष स्थानमा रहँदै पप्पुवा न्युगिनी विश्वकपमा छनोट हुँदा समूह बी बाट आयरल्यान्ड छनोट भएको छ । नेदरल्यान्ड पनि विश्वकप छनोट भइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC