site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक  वर्ष २०७६-७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम ल्याइएको बताए । अध्यक्ष गुरुङले भने, “इच्छाकामनाको भूगोलमा फलफूल खेतीको  राम्रो सम्भवना छ, किसानलाई  व्यावसायिक खेतीतर्फ आकर्षित गर्न एक फलफूलको बोट रु दशको नोट  कार्यक्रम ल्याएका  छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

गाउँपालिकाले व्यवसायिक फलफूलखेती गर्नेका लागि  दुई सयदेखि पाँच सय बोटसम्म अनुदान दिँदै आइरहेको छ ।  ती बिरुवा सफलताका  साथ हुर्काउने  व्यावसायिक किसानलाई प्रति बिरुवा दश रुपैयाँ प्रदान  गरिने अध्यक्ष गुरुङको भनाइ थियो ।  

गाउँपालिकामा सुन्तला, कागती, नासपाती, लागयतको  फलफूलको उत्पादन राम्रो हुने गरेको छ । साथै बाँझो जमीन भाडामा लिई व्यावसायिकखेती गर्ने किसानलाई रु एक लाख, तीन दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख, व्यावसायिक बाख्रापालक  किसानलाई रु ६० हजारसम्मको अनुदान उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
   
गाउँपालिकाले आर्थिक वर्ष २०७५-७६ मा तीन दुहुना भैँसी पाल्ने ८ जनालाई जनही रु एक लाख, व्यवसायिक तरकारीखेती गर्ने आठ जनालाई जनही रु एक लाख, बाख्राखोर सुधारका लागि २० जनालाई जनही रु २५ हजार, ब्याड बोकाका लागि २० जनालाई जनही रु ४० हजार र बङ्गुरपालक दुईजना किसानलाई जनही रु २५ हजार अनुदान प्रदान  गारिएको अध्यक्ष गुरुङले जानकारी दिए ।  
  
अध्यक्ष गुरुङले किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले किसानका लागि वडा नं- ४ कुरिनटारमा  शीत भण्डार निर्माण गरिएको बताए । साथै वडा नं- ३  फिस्लिङमा तरकारी सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिए । 
 
चितवनको दुर्गम भेगमा रहेको यस ईच्छाकामना गाउँपालिकाका बासिन्दाको तरकारीखेती र पशुपालन नै मुख्य आम्दानीका स्रोत हुन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यवसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC