site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फुटबलरलाई डिमेन्सियाको उच्च जोखिम: अध्ययन 
Sarbottam CementSarbottam Cement

व्यावसायिक फुटबलरहरुलाई अन्य मानिसको तुलनामा डिमेन्सिया हुने जोखिम साढे तीन गुणा बढी हुने गरेको एक अध्ययनले जनाएको छ । स्कटल्यान्डको ग्लास्गो विश्वविद्यालयले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार अन्य मानिसको तुलनामा व्यावसायिक फुटबलरलाई डिमेन्सिया तथा पार्किन्सन्सजस्ता रोगहरुको उच्च जोखिम हुन्छ । 

स्कटिश विश्वविद्यालयले पहिलोपटक मानवस्वास्थ्यमा पार्ने दीर्घकालीन प्रभावका विषयमा पूर्व फुटबलरमाथि अध्ययन गरेको थियो । खेल क्षेत्रमा न्यूरोसम्बन्धी अहिलेसम्मकै ठूलो अध्ययन भएको दाबी गरिएको छ । "फुटबलरमा मात्र नभई कुनै पनि खेल क्षेत्रमा न्यूरोसम्बन्धी गरिएको ठूलो अध्ययन हो," अनुसन्धान प्रमुख न्युरोप्याथोलोजिस्ट प्रोफेसर विली स्टेवरीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरुले ७,६७६ स्कटिश पुरुष व्यवसायिक पूर्व फुटबरको मृत्युको कारणबारे अध्ययन गरेका थिए । सन् १९०० देखि १९७० को अवधिमा जन्मिएका उनीहरुलाई २३ हजार अन्य सामान्य मानिससाग तुलना गरिएको थियो । 

फुटबल एसोसियसन र व्यवसायिक फुटबर एसोसियसनको लगानीमा गरिएको उक्त अध्ययनमा अपेक्षाभन्दा साढे तीन गुणा बढी डिजेनेरेटिभ डिजिज् (विस्तारै शरीरका अंगहरु निस्क्रिय हुँदै जाने रोग) को जोखिम भएको पाइएको हो । 
उक्त अध्ययनको निष्कर्ष अनुसार पाँच गुणा बढी अल्जाइमर, चार गुणा बढी मोटर न्यरोन डिजिज् र दुई गुणा बढी पार्किनसन्स हुने गरेको पाइएको हो । उनीहरुलाई मुटु, क्यान्सर र फोक्सोसम्बन्धी रोग कम हुने पाइएको बताइएको छ । 

Global Ime bank

एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC