site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजपा–समाजवादी एकतामा उल्झन, सुरु नै भएको छैन औपचारिक वार्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच एकताको चर्चा चलेको महिनौ भइसक्दा पनि ठोस प्रगति भने देखिएको छैन । पार्टी एकताका लागि पत्राचार र एकताका लागि वार्ता समिति पनि गठन भएको छ । राजपाबाट राजेन्द्र महतो र समाजवादीबाट राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति नै गठन भएको छ । 

अनौपचारिक संवाद भइरहे पनि कुनै ठोस सहमति अहिलेसम्म नजुटेको बताउँछन्, राजपाका महासचिव मनिष सुमन । यद्यपि, संयोजक महतोले पार्टी एकताको पक्षमा दुवै दलको नेतृत्व रहेको भन्दै एकता नजिक रहेको दाबी गरेका छन् । 

यी दुई दलले प्रदेश २ मा मिलिजुली सरकार चलाइरहेका छन् । तर, केन्द्रमा भने राजपा प्रतिपक्ष र समाजवादी सत्तारुढ छन् । सत्ताको नेतृत्व गरिरहेका केपी ओली र उनको दल नेपाल कम्युनिष्ट पार्टीसँग राजपाको तिक्त सम्बन्ध छ । त्यसकारण समाजवादीले सरकार छोड्दा वार्ता प्रक्रिया अगाडि बढाउन सहज हुने राजपाका नेताहरु बताउँछन् । तर, तत्काल सरकार छोडिहाल्ने अवस्थामा समाजवादी देखिँदैन । तर, बेलाबेलामा सरकार छाड्ने घुर्की समाजवादी पार्टीले लगाइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसो त वार्ता गर्ने जिम्मा पाएकाले पनि केही भइरहेकै छ भन्नका लागि पनि महतो केही न केही भन्नैपर्ने दबाबमा देखिन्छन् । उनले एकता नजिक भन्नुलाई राजपाकै एक नेताले त्यही बाध्यताको उपज भएको आशंका गर्छन् । समाजवादी पार्टीका वार्ता संयोजक राजेन्द्र श्रेष्ठले वार्ता प्रक्रया औपचारिकतामा प्रवेशै नगरेको बताउनुले पनि त्यस्तो आशंकालाई बल पुगेको छ । 

एकतामा छैन प्रगति

Global Ime bank

समाजवादी पार्टीका तर्फबाट वार्ता समितिका संयोजक रहेका राजेन्द्र श्रेष्ठ राजपासँगको एकताको विषय अहिलेसम्म गर्भमै रहेको बताउँछन् । औपचारिक रुपमा राजपा र समाजवादी पार्टीले वार्ता समिति त गठन गरेका छन् तर, सो समितिको बीचमा औपचारिक वार्ता भने शुरु हुन सकेको छैन । राजपा महासचिव मनिष सुमन राजपाले आफ्नो एजेण्डा समाजवादी पार्टी र समाजवादी पार्टीले आफ्नो एजेण्डा राजपाको डायरीमा टिपाउने काम मात्र भएको बताउँछन् । 

उनले एकताका लागि गर्नुपर्ने आधारभूत कुराका बारेमा अनौपचारिक छलफल भने भइरहेको बताए । “वार्ता औपचारिक रुपमा शुरु भएको छैन । पार्टी एकताका लागि गर्नुपर्ने आधारभूत विषयमा केन्द्रित भएर अनौपचारिक कुराकानी भइरहेको छ,” संयोजक श्रेष्ठले भने, “एकताका लागि आवश्यक वैचारिक, सांगठनिक कुराहरु, कानुनी रुपमा गर्नुपर्ने कामबारे छलफल भरहेको छ । त्यसपछि औपचारिक दस्तावेज, एकताको आधार पत्र, विधान तयार गर्ने काम प्रारम्भ हुन्छ । अहिलेसम्म यी कुराहरु सुरु हुनै सकेको छैन ।” उनले एकता कहिलेसम्म होला त भन्ने प्रश्नमा अहिले नै केही भन्न नसकिने पनि बताए । 

उनले दुईवटा दलबीचको एकता सहज विषय नभएको पनि बताए । नयाँ शक्तिसँग पार्टी एकता हुँदा २ वर्ष लागेको र एकता घोषणाका लागि ३ पटक मिति तय भए पनि हुन नसकेको स्मरण गर्दै राजपासँगको एकताले पनि लामै समय लिन सक्ने संकेत गरे । 

राजपाका महासचिव मनिष सुमनले भने वार्ता संयोजक महतोले भनेअनुसार समाजवादी पार्टीसँग एकताका लागि नजिक रहेको बताए । तर, केही सैद्धान्तिक कुराहरु बाधक रहेको उनको बुझाइ छ । “उहाँहरु ओली पथमा हुनुहुन्छ । ओली नेतृत्वको सरकारमा हुनुहुन्छ । हामी यो सरकारको विपक्षमा छौं । एउटै बाटोमा हिँडेको भए एकता सहज हुन्थ्यो । फरक फरक बाटोमा हिँडेका छौं अहिले,” महासचिव सुमनले भने । 

सैद्धान्तिक विषयमै विपरीत धार 

मूलतः राजनीतिक दलबीचको एकता भनेको नेतृत्वको व्यवस्थापन मात्र होइन । सैद्धान्तिक रुपमा पनि एउटै बाटोमा हिँड्ने सहमति पनि हो । सैद्धान्तिक विषयमा मतभेद राखेर नेतृत्वको व्यवस्थापनका लागि मात्र पार्टी एकता गर्न नहुने पक्षमा राजपा र समाजवादी दल दुवैतर्फ बलियो मत छ । 

राष्ट्रपतिको निर्वाचन र निर्वाचन प्रणालीमा उनीहरुबीच सैद्धान्तिक मतभेद छ । राजपा संसदबाट निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा छ भने समाजवादी दल प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ । त्यस्तै, राजपा मिश्रित निर्वाचन प्रणालीको पक्षमा छ भने समाजवादी दल पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छ । 

त्यस्तै केन्द्रीय तहदेखि तल्लो तहसम्मका नेताहरुको व्यवस्थापन पनि पार्टी एकताका लागि चुनौती रहेको राजपाका सुमन बताउँछन् । प्रत्येक कार्यकर्ताको पदीय समायोजन, उनीहरुको आत्मसम्मानको रक्षा हुने प्रत्याभूति भएपछि एकीकरण सहज छ । एकीकरणको विपक्षमा त कोही छैन,” उनले भने, “सैद्धान्तिक कुरा, सांगठनिक समायोजन र सरकार त्याग भयो भने एकता भइहाल्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC