site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अमेरिकी प्रतिबन्धपछि भारतमा निर्भर हुवावे !
Sarbottam CementSarbottam Cement

बीबीसी । चिनियाँ प्राविधिक कम्पनी हुवावेलाई कुनैपनि अमेरिकी टेलिकम कम्पनीहरुलाई फाइभ–जी उपकरण बिक्री गर्न निषेध गरिएको छ । यस्तोमा कम्पनी पछिल्लो समय भारतमा स्थान बनाउन आक्रामक ढङ्गमा जोड दिइरहेको पाइएको छ । प्राविधिक विश्लेषक अरुन सुकुमार भन्छन्, “हुवावे थुप्रै राष्ट्रबाट निलम्बित भइसकेको छ त्यसैल फाइभ–जी नेटवर्कका लागि भारतसँगको सम्भावित सम्झौता विशेष रुपमा महत्वपूर्ण छ । हालका अनेकौँ चुनौतिका बावजुद हुवावे शान्त र निर्धक्क देखिएपनि आफूलाई शिर्ष स्थानमा कायम राख्न हुवावेले विश्वभरका नयाँ बजारमा लगानी जारी राख्नुपर्ने हुन्छ र यसका लागि भारत भन्दा ठूलो बजार संसारमै कहिँ छैन ।”

हुवावे अमेरिका, अष्ट्रेलियासहित थुप्रै देशबाट प्रतिबन्धित भइसकेको छ । अमेरिकाका अनुसार हुवावेका उपकरणले चिनियाँ सरकारलाई अर्को देशमाथि नजर राख्ने विकल्प प्रदान गर्न सक्छ । तर कम्पीले भने पटकपटक आफ्ना उत्पादनले कुनै राष्ट्रिय जोखिम उत्पन्न नगराउने र चिनियाँ सरकारबाट स्वतन्त्र रुपमा सञ्चालन हुँदै आएको दाबी गरिरहेको छ । 

यसरी भारतको अत्याधिक ठूलो वायरलेस बजारमा हुवावेको एकलौटी नियन्त्रणले कम्पनीका निम्ति भारतसँगको कारोबार महत्वपूर्ण बनाइदिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर पनि हुवावेले वर्तमानमा सामना गर्नुपरिरहेका समस्याले भारतसँगको भविष्यलाई संकटमा पारिदिन सक्छ । किनकि यता भारतको नजिकी मित्रराष्ट्र अमेरिकाले यसलाई हुवावे कम्पनी बहिस्कार गर्न बारम्बार दबाब दिइरहेको छ । 

तापनि हालसम्म भारतले यस विषयमा कुनै आधिकारिक घोषणा गरेको छैन । यसअघि अमेरिकी वित्तिय सचिव विल्बर रसले नयाँ दिल्लीको भ्रमणका बेला अमेरिकाले आफ्नो भूराजनीतिक पार्टनरबाट आफ्नो देशको सुरक्षालाई जोखिममा पार्ने कुनै किसिमको सम्झौता नगर्ने अपेक्षा गरेको बताएका थिए । 

Global Ime bank

हुवावे भारतका प्रमुख कार्यकारी अधिकृत जे छेनले बीबीसीसँग भनेका छन् कि कम्पनीले ओरिकाको आरोप गलत भएको वचन सहित भारत सरकारसँग सबै उपकरणबारे सम्झौताको तयारी गरिसकेको छ । 

उनले भनेका छन्, “हामीले मिडियामा अमेरिकी सरकारले भारतलाई दबाब दिइरहेकाबारे धेरै सुनेका छौँ । तर मलाई अझै यो विश्वास छ कि हामी देशको विकासका लागि गर्न सक्ने कुराप्रति बढी केन्द्रित रहनेछौँ र सबैको हितमा सक्दो प्रयास गर्नतर्फ जोड दिनेछौँ । ”अमेरिकाले हुवावेमाथि लगाएका अभियोग विरुद्ध भारतले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन बरु आगामी फाइभ–जी प्रणाली स्थापनामा सहभागी हुन निम्ता गरिरहेको छ । सुकुमारका अनुसार हुवावेलाई फाइभ–जी कार्यक्रमबाट हटाउनुले भारतलाई नै क्षति पुर्याउनेछ । 

उनले थप भनेका छन्, “हालसम्म फाइभ–जी नेटवर्क लन्च गर्ने संरचना केबल पाँचवटा कम्पनीसँग मात्र रहेको छ र ती मध्ये हुवावे सबैभन्दा सस्तो र आकर्षक विकल्पमा पर्छ । नोकिया र एरिक्सन जस्ता पश्चिमी कम्पनी भारतको टेलिकम उद्योगमा पहिले देखि नै संघर्ष गरिरहेका छन् । किनकि हुवावेले तिनको तुलनामा धेरै सस्तो दरमा सेवा प्रदान गर्न सक्छ त्यसैले यही कम्पनी सबैका लागि आकर्षक मानिएको हो ।” 

त्यसैले पनि भारतसँग वास्तवमै हुवावे बाहेक अन्य प्राविधिक विकल्प छैन र हुवावे पनि यसबारे जानकार छ । छेनले इकोनोमिक टाइम्ससँग बोल्दै भारतको डिजिटल उद्योगमा हुवावेले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका हुन् त्यसैले यसलाई बहिस्कार गर्नु ठूलो जोखिम साबित हुन सक्छ । उनले सो पत्रिका दैनिकसँग भनेका छन्, “मेरो विचारमा यसले आर्थिक क्षति मात्र नपुर्याएर प्राविधिक विकासलाई पनि अवरोध गर्नेछ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC