site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सात घण्टाको बयानपछि महरालाई जिल्ला अदालत लगियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । यौन दुर्व्यवहारका आरोपी सांसद कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालत लगिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा लामो बयानपछि उनलाई भर्खरै जिल्ला अदालततर्फ लगिएको हो । 

प्रहरीसँग बयान दिन नमानेका महराले सरकारी वकिलको कार्यालयमा भने बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार महरालाई थप ७ दिन हिरासतमा राख्नका लागि अनुमति माग्ने प्रहरीको तयारी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई अदालतले २८ असोजमा १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर महरा १८ गते पक्राउ परेकाले त्यसमा पक्राउ परेको दिनदेखिको समय जोडिएको थियो ।

 

Global Ime bank

 

जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ । संसद सचिवालयमै कार्यरत एक महिलालाई उनको तीनकुनेस्थित कोठामा गएर महराले असोज १२ गते यौन दुर्व्यवहार गरेको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC