काठमाडौं । इङलीस प्रिमियर लिग फुटबलमा एभर्टनले वेष्टह्याममाथि सहज जित दर्ता गरेको छ । लिग अन्तर्गत गएराती सम्पन्न खेलमा एभर्टनले वेष्टह्याममाथि २–० को जित दर्ता गरेको हो ।
घरेलु मैदानमा एर्भटनको जितमा वेर्नाड र गिल्फीले गोल गरे । १७ औं मिनेटमा बेर्नाडको गोलबाट अग्रता लिएको एर्भटनले खेलको इन्जुरी समयमा दोस्रो गोल गरेको हो । इन्जुरी समयमा एर्भटनका गिल्फीले गोल गरे ।
जितसँगै एर्भटनले ९ खेलबाट १० अंक बटुलेको छ । पराजित वेष्टह्यामको ९ खेलबाट १२ अंक छ । लिग अन्तर्गत गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ ले पराजित गरेको छ । पहिलो हाफमा १० खेलाडीमा सीमित ब्राइटनमाथि एस्टनले घरेलु मैदानमा रोमान्चक नतिजा निकालेको हो ।
गएराती सम्पन्न अर्को खेलमा वुल्भ र साउथह्याम्पटनले १–१ को बराबरी खेल्दाँ बर्नमाउथ र नर्विच सिटीले गोलरहित बराबरी खेलेको छन् ।