site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
क्यानबेर्रा, १७ साउन । संयुक्त राष्ट्र संघको सर्वोच्च स्थान महासचिव पदका लागि आगामी मनोनयनका लागि वैदेशिक मामिला तथा वाणिज्य मन्त्रालयले पूर्वप्रधानमन्त्री केभिन रुडलाई सिफारिस गरी समर्थनका लागि पेश गरेकोमा अस्टे«लियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले अस्वीकार गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 
 
अस्टे«लियाली स्थानीय सञ्चारमाध्यम न्युज कर्पकाअनुसार डिएफएटिका नवनियुक्त विभागीय प्रमुख फ्रान्सिस आडम्सनद्वारा प्रस्तावित पूर्वप्रधानमन्त्री केभिनको नामलाई बहूसंख्यक अस्टे«लियाली कूटनीतिज्ञहरुले समर्थन जनाएका थिए । 
तर,‘उहाँ यत्रो गौरवशाली भूमिकामा रहन नसुहाउने” भन्दै प्रधानमन्त्री माल्कोमले अस्वीकार गरेका छन् । 
 
यसपूर्व सहमत भईसकेका प्रधानमन्त्री टर्नबुलले एक्कासी आफ्नो निर्णय परिवर्तन गरेकामा आश्चर्यचकित हुनु भएका रुडले उनका पहिलेका ३ वटा व्यक्तिगत पत्र देखाउँदै ‘वर्तमान प्रधानमन्त्रीले आफूप्रति अन्धनजरले पूर्वाग्रह राखेको, आफ्नो नाम मनोनयनमा बाधा खडा गरी न्याय दिन नसकेको ’ भन्ने तीब्र प्रतिक्रिया जनाउँदै एक विज्ञप्ति समेत जारी गरेका छन् । 
 
पूर्वप्रधानमन्त्री केभिन रुडको नामका पछाडि बिदेश मन्त्री जुली बिशप, अमेरिकाका लागि अस्टे«लियाली राजदूत तथा पूर्व कोएलिसन ट्रिजरर जो हकि, लन्डनस्थित बेलायतका लागि अस्टे«लीयाली महावाणिज्यदूत अलेक्ज्यान्डर डाउनर लगायत अन्य थुप्रै उच्चस्तरिय कुटनीतिक ब्यक्तित्वहरु उभिएका थिए । रासस /सिन्ह्वा 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC