काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो विकेट गुमाएको छ । नेपाली टिमको स्कोर ३५ छँदा लागि ओपनिङ ब्याट्सम्यानका रुपमा आएका पारसले १४ बल खेलेर २५ रनमा आउट भएका हुन् ।
चौथो ओभरमा पेभिलियन फर्किएका पारसको विकेट आयरल्यान्डका मार्क एडेरले झारे । यसअघि पल स्टर्लिङका ५९ रनको अर्धशतकीय पारीमा मद्दतमा आयरल्यान्डले १४५ रन बनाएको थियो । यसैगरी एन्डि बालबिनीले ३८ रन बनाए ।
नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोहोराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट तथा ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । यसैगरी करन केसीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट दिए । पहिलो दुई खेल विजयी नेपाल तेस्रो जितको खोजीमा छ ।