site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दार्चुलादेखि ऐतिहासिक स्वर्ण पदकसम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । खेलाडी उत्पादनको उर्भर भूमि मानिन्छ सुदूरपश्चिमलाई । विश्वमा नेपालको नाम चिनाउने खेलाडी उत्पादनमा एक परिचय फेरेको ठाउँ हो सुदूरपश्चिम । क्रिकेटदेखि तेक्वान्दो, पौडीदेखि भलिबल अर्थात् हरेक खेलमा कोही न कोही सुदूरका खेलाडी छन् । 

पछिल्लो समय त्यहि ठाउँका एक पात्र जसले नेपालको गरीमा बढाइरहेका छन् । उनी हुन् ब्याडमिन्टनका प्रिन्स दाहाल । भौगौलिक हिसाबले राजधानी काठमाडौंबाट निकै दूर सुदूरपश्चिमको दार्चुलामा जन्मिएका प्रिन्स ब्याडमिन्टनमा तहल्का मच्चाइरहेका छन् । 

ब्याडमिन्टनमार्फत् राष्ट्रलाई पदक दिलाइरहेका प्रिन्स मात्र १६ वर्षका भए । उनले केही समयअघि दुबईमा सम्पन्न दुबई अन्तराष्ट्रिय ब्याडमिन्टन सिरिज अन्तर्गत यू–१९ तर्फ नेपाललाई ऐतिहासिक स्वर्ण जिताएका थिए । भारतका शीर्ष वरियताका बरुण कपुरलाई हराउँदै जिताएको स्वर्ण ब्याडमिन्टनमा नै ऐतिहासिक पदक हो । त्यसो त उनी दुबइ सिरिजमार्फत नै चर्चामा आएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एक वर्षअघि दुबइमा सम्पन्न सिरिजमा उनी जुनियरतर्फ च्याम्पियन भएका थिए । त्यहिपछि उनको उचाइले चर्चा पाएको हो । एक युवक जसले बाल्यकालमा रमाउनु पर्ने अवस्थामा  ब्याडमिन्टन रोजे । बुवाको पाइला पछ्याउँदै ब्याडमिन्टन कोर्ट पुग्थे । प्रिन्सका बुवा नारायण दाहाल राष्ट्रिय खेलाडी हुन् । तर लामो समय भने खेलेनन् । उनी अहिले भेट्रान ब्याडमिन्टनमा सहभागिता जनाउँछन् । 

स्वस्थ रहनुका साथै रहरमा ब्याडमिन्टन खेल्ने बुवा नारायणको पाइला पछ्याउँदै कोर्टसम्म पुग्ने प्रिन्सलाई अहिले मामा कमलेश्वर निरौलाले साथ दिइरहेका छन् । कमलेश्वरको प्रशिक्षणमा नै उनले १५ बढि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । राष्ट्रिय प्रतियोगिता २० बढी खेलेको बताउने उनको लक्ष्य ओलम्पिक पुग्नेछ । हाललाई भने उनी दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने योजनामा छन् । 

Global Ime bank

नवौं वर्षमा राष्ट्रिय प्रतियोगिता 

२००४ मा दार्चुलाको खलंगामा जन्मिएका प्रिन्स ७ वर्षको उमेरबाट नै ब्याडमिन्टन खेल्न थालेका हुन् । कोर्ट बाहिर बुवाको खेल नियाल्दै गर्दा खेलतर्फ आकर्षित भएका उनलाई पनि खेल्न मन लाग्यो । त्यसैमा बुवा नारायण दाहालको सपना पनि छोरा खेलतर्फ लागोस् भन्ने नै थियो । 

विस्तारै उनी र्याकेट समाउन थाले । दिनप्रतिदिन हात बस्न थाल्यो । बुवासँगै खेल्न थाले । हरेक दिनको प्रयासले उनको खेल सुधिँ्रदै गयो । त्यहिबीचमा २०७० सालमा कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको स्मृतिको आयोजना भएको पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा उनी सहभागि भए । 

त्यतिबेला उनी मात्र ९ वर्षका थिए । जुनियरतर्फ प्रतिस्पर्धा गरेका उनी भन्छन्, “पहिलो राष्ट्रिय प्रतियोगिता थियो । सुरुमै हारेँ । सिङ्गलको नतिजा त सम्झिन मन लाग्दैन । नराम्रो तरिकाले हारँे । डबलमा पनि हारेँ । गाउँले मामासँग डबलमा प्रतिस्पर्धा गरेको थिएँ ।”

त्यतिबेला उनलाई हार्दा दुःख महसुश नै हुन्थेन । तर अहिले पराजित हुँदा रातभर निन्द्रा नलाग्ने प्रिन्स बताउँछन् । त्यसपछि उनी कृष्णमोहन स्मृति ब्याडमिन्टनमा सहभागि भए । नेपालको शीर्ष तेस्रो बरियताका खेलाडी विष्णु कटवाललाई हराउँदै उनी क्वाटरफाइलमा पुगे । त्यहि खेललाई प्रिन्स करिअरको टर्निङ प्वाइन्ट मान्छन् । 

“दुई वर्षअघि हो । शीर्ष वरियताको तेस्रो नम्बरमा रहेका विष्णु दाइलाई हराए । त्यसपछि क्टारफाइनलमा शीर्ष वरियताका सन्जीव भण्डारीलाई हराए । सेमिफाइनलमा रत्नजित श्रेष्ठसँग हारे । त्यसपछि आफ्नो खेल सुधार्न र च्याम्पियनको रहर जाग्यो । खेलप्रतिको लगाव बढ्दै गएपछि च्याम्पीयनको लक्ष्य लिएर ४ वर्षअघि काठमाडौं आएका प्रिन्स अहिले नवौं कक्षामा पढ्छन् । खेलसँगै पढाइलाई अघि बढाइरहेका उनी खेलकै कारण पढाइ ग्याप भइरहेको बताउँछन् । 

स्वर्ण जित्दा कोर्टमै सुते

दुबई अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजले प्रिन्सको खेल करिअरमा ठूलो अर्थ राख्छ । उनको मात्र होइन नेपाली ब्याडमिन्टनमा पनि । २०१५ मा पहिलो पटक जुनियरतर्फ भाग लिँदा उनलाई स्वर्णकै अपेक्षा थियो । तर जान निकै सकस भयो ।  दुई दिनअघि मात्र नाम दर्ता गराएका उनी आफ्नै खर्चमा गए । यू–१५ मा च्याम्पियन पनि भए । च्याम्पियनसँगै मनमा नयाँ लक्ष्य लिएर नेपाल फर्किएको प्रिन्स बताउँछन् । “त्यो बेला यू–१५ च्याम्पियन हुँदा भारतका बरुण कपुर यू–१९ मा च्याम्पियन भएका थिए । उसलाई पराजित गर्ने लक्ष्य बोकेर नेपाल आएँ । एक वर्षपछि लक्ष्य पूरा गर्न सफल भएँ,” प्रिन्सले थपे ।

जब खेलाडीले लक्ष्य पूरा गर्छन्, सेलिब्रेसन आ–आफ्नै तरिकाले गर्छन् । तर प्रिन्स कोर्टमै सुते । उनले भने, “त्यो पल कसरी भन्ने खुसीले म त कोर्टमा नै सुतेँ । मेडल सिरानीमा राखेर सुतेँ अनि सोचे अब ठूलो प्रतियोगितामा स्वर्ण जित्नेछु ।” उनको अबको लक्ष्य घरेलु मैदानमा आयोजना हुने १३ र्औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने छ । अहिले उनी एसियन खेलकुदमा नै केन्द्रित छन् । 

चिनियाँ लिन नाङको फ्यान  

खेलाडीले कोही न कोहीलाई आइडल मान्ने गर्छन् । स्वदेशी या विदेशी कुनै लेजेण्ड खेलाडीलाई पछ्याइरहेका हुन्छन् । प्रिन्स दाहाल भने चिनियाँ ब्याडमिन्टन खेलाडी लिन डानको फ्यान हुन् । लिन डानको खेल शैली उनलाई निकै मन पर्छ । 

लिन डान दुईपटकको ओलम्पीक च्याम्पीयन हुन् । २००८ मा बेइजिङ ओलम्पिकमा च्याम्पियन बनेका उनी २०१२ मा लन्डन ओलम्पीकमा पनि मेन सिङ्गलमा च्याम्पीयन भएका थिए । उनी पाँचपटकका विश्व च्याम्पियन पनि हुन् । बायाँ हाते खेलाडी डानकै फ्यान प्रिन्स पनि बायाँ हाते खेलाडी नै हुन् । डान जस्तै प्रिन्स पनि ओलम्पीकमा आफ्नो यात्रा सुरु गर्न चाहन्छन् । तर त्यसका लागि धेरै मेहनत गर्न बाँकी रहेको उनको भनाइ छ । 

विश्व वरियतामा १९ स्थानको छलाङ

ब्याडमिन्टनको विश्व वरियतामा प्रिन्सले १९ स्थान छलाङ मारेका छन् । दुबई ब्याडमिन्टन सिरिज अन्तर्गत यू–१९ च्याम्पीयसिपमा भारतका शिर्ष वरियताका बरुण कपुरमाथि जित निकालेका उनले हालै सार्वजनिक वरियतामा १९ स्थान छलाङ मारेका छन् । योसँगै उनी विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ)को जुनियर बरियतामा ३९ स्थानमा पुगेका छन् । प्रिन्स यसअघि ५८ औं स्थानमा थिए । विश्व वरियतामा सुधार भएपछि प्रिन्सले खुसी व्यक्त गरेका छन् । उनले भने, “निकै खुसी लागेको छ । अझै धेरै गर्न बाँकी छ । तर हाल भएको वरियताले मलाई अझ बढी जिम्मेवारीको महसुस गराएको छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC