site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
बडादसैँको शुभकामना !
Sarbottam CementSarbottam Cement

बाह्रखरी परिवारका तर्फबाट हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक एवं सहकर्मी सबैलाई बडादसैँ, २०७६ को हार्दिक मङ्गलमय शुभकामना ! 

सबै नेपालीको साझा चाड भन्न सकिने पर्व सम्भवतः बडादसैँ नै हो । धार्मिक र सांस्कृतिकरूपमा दसैँ नमनाउने नेपाली पनि सामाजिकरूपमा दसै मनाउँछन् । धार्मिकरूपमा दसैँलाई देवीको पूजा गरेर मनाउनेभन्दा शक्तिको पर्वका रूपमा अर्थात् सांस्कृतिक दृष्टिबाट दसैँ मनाउनेको संख्या ठूलो छ । सांस्कृतिकरूपमा दसैँ मनाउनेभन्दा सामाजिकरूपमा दसैँ मनाउनेको संख्या झन् ठूलो छ । सत्यको विजय, आशुरी शक्तिको पराजयको प्रतीक माने पनि नमाने पनि दसैँलाई जाति वा धर्म विशेषको पर्व भन्न मिल्दैन । यसैले बडादसैँलाई नेपालीहरूको साझा चाड भनिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

दसैँ दक्षिण एसियाका विभिन्न संस्कृतिमा बेग्लाबेग्लै प्रकारले मनाइन्छ । वर्षाको हिलोमैलो हटेपछि प्रकृतिले शरदको स्वागत गर्न सुरु गर्दा असोज शुक्ल पक्षमा दसैँ मनाइन्छ । खेतीमा पनि केही फुर्सद हुने हुनाले रमाइलोका लागि मौका पाइन्छ । नवदुर्गाको आराधना र शक्तिपीठमा पशुबलि दिनेहरूसँगै बलि नदिने वा देवीको पूजा  नगर्नेले पनि दसैँलाई उत्तिकै उत्साहका साथ मनाउँछन् । दसैँ मीठो खाने, राम्रो लगाउने र सफासुग्घर हुने पर्व त हुँदै हो यो रमाइलो गर्ने चाड पनि हो । तर, सामाजिकरूपमा दसैँको सबैभन्दा बढी महत्त्व पारिवारिक मिलनको पर्वका रूपमा रहेको छ । विश्वका विभिन्न संस्कृतिमा परिवारको मिलनका पर्वहरू हुन्छन् तर बडादसैँ जति व्यापक र उदात्त चाड भने अरू बिरलै होलान् ।   

यदाकदा कोही कसैले विवादमा पार्ने र महत्त्व घटनाउने प्रयत्न गरे पनि बडादसैँको व्यापकता घटेको छैन । चाड मनाउने शैलीमा परिवर्तन भइरहेको छ तर मनाउन छाडिएको छैन । यह नै दसैँको जीवन्तताको प्रमाण हो । पक्कै पनि फजुलखर्ची, देखासिकी र अस्वस्थकर खानपानजस्ता विकृति पनि दसैँको व्यापकतासँगै बड्दै गएका छन् । दसैँ मनाउन वर्षभरको कमाइ सिध्याउनेहरूको संख्या पनि थोरै छैन । तर, यो पर्वको नभएर व्यक्तिको कमजोरी हो । परिवारलाई सम्झाएर गच्छेअनुसार दसैँ मनाउने हो भने विकृतिहरू आफैँ नै साम्य हुँदै जानेछन् । समाजमा देखिएका  विकृतिका लागि दसैँलाई दोष दिन मिल्दैन ।
हामी पुनः सबै नेपालीलाई विजया दशमी, २०७६ का अवसरमा शान्ति र समृद्धिको शुभकामना दिन चाहन्छौँ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १८, २०७६  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC