site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैंमा ४० हजार च्याङ्ग्रा र खसीबोका खपत गर्छ पोखरा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । मुस्ताङबाट भेडा च्याङ्ग्रा झरिसके । कतिपय पोखरा आइपुगे, कति बाटोमा नै छन् । मुस्ताङबाट तल झरेदेखि बाटोमा नै भेडाच्याङ्ग्राको खरिदबिक्री पनि हुन्छ । पोखरा र आसपासमा दसैंको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ । 

यसपटक दसैंमा पोखराको लागि १५ हजार भेडाच्याङ्ग्रा पोखरा झर्दैछन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याइपुर्याउँछन् । च्याङग्रा बाहेक पोखरामा थप १० हजार खसीबोका पनि झरेका छन् । खसी बजारले दसैंको लागि १० हजार खसीबोका बिक्री गर्नेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, दसैंमा मुख्य रुपमा भने हिमाली च्याङ्ग्रा नै रैथाने पोखरेलीको रोजाइ हो । पोखरा क्षेत्रमा भेडा–च्याङ्ग्राको मात्र करिब ५० करोडको कारोबार हुने गरेको छ । यस वर्ष पोखरामा करिब १५ हजार भेडा च्याङ्ग्रा भित्रिँदैछन् । एउटा च्याङ्ग्राको मूल्य २० हजारदेखि ३० हजारसम्म पर्ने गरेको छ । व्यवसायीहरूले च्याङ्ग्राको तयारी मासु प्रतिकेजी १ हजार ५ सय रुपैयाँले बिक्री गर्ने गरेका छन् ।

कास्की मासु व्यवसायी संघका अध्यक्ष गोविन्द तिवारीका अनुसार दैनिक खपतबाहेक पोखरामा यसपालि १५ हजार खसीबोका र च्याङ्ग्रा भित्रिएका छन् । यसबाहेक पोखरामा औषत एक दिनमा तीन सय ५० वटा खसीबोका काटिने गरेका छन् । चाडपर्वको समयमा गाउँतिरबाट र अवैध तरिकाबाट पनि ३ हजारको संख्यामा खसीबोका आउने उनको भनाइ छ । कुखराको तथ्यांक भने दसैंमा घट्ने गर्दछ । दैनिक ७० हजार किलो मासु खपत गर्ने पोखरा महानगरमा दसैंमा भने ५० हजार किलोसम्म झर्न सक्ने तिवारीको अनुमान छ ।

Royal Enfield Island Ad

दसैंमा मात्र पोखरामा भेडा च्याङ्ग्रा, खसी तथा बोका र कुखुराको गरी करिब एक अर्ब ५० करोड बराबरको मासुको कारोबार हुने तिवारीले बताए । उनका अनुसार दसैंको अवसरमा करिब ५० करोड बराबरको मासुको कारोवार विभिन्न व्यवसायीहरु भन्दा बाहेक व्यक्ति तथा समूहबाट हुने गरेको छ । 

खुल्ला बजार भएसँगै पोखरामा खसीबोका अनगिन्ती ढंगले भित्रिएसँगै पोखरामा आफूहरुले आकलन गरेको भन्दा बढी कारोबार हुन सक्ने उनले जनाए । 

तस्बिरः दिनेश तिवारी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro