site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डेंगुबाट बच्ने उपायबारे तत्काल सूचना प्रवाह गर्न आदेश 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूचना आयोगले डेंगुबाट बच्न आम नागरिकलाई उपयुक्त माध्यमहरुबाट व्यापक रुपमा तत्काल सूचना प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको नाममा आदेश जारी गरेको छ ।

“डेंगु भनेको के हो ? यसको संक्रमण कसरी फैलिन्छ ? डेंगु कसरी सर्छ ?कसरी थाहा हुन्छ ? यसका लक्षणहरू के के हुन् ? यसबाट बच्न के कस्तो उपाय अपनाउनु पर्छ ? उपचार बिधि के हो ? कुन कुन अस्पताल र स्वास्थ्य संस्थाबाट के कस्तो सेवा हासिल हुन्छ ?जस्ता आम नागरिकबाट बारम्बार सोधिने डेंगु रोग सम्बन्धी प्रश्नहरूको जवाफ चिकित्सक र विज्ञहरूको परामर्शसहितको सूचनाहरू विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरी आम जनतासम्म पुर्‍याउनू ,” सूचना आयुक्त तथा प्रवक्ता यशोदादेवी तिम्सिनाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,“डेंंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियानका लागि आवश्यक सूचना प्रकाशन र प्रसारण गरी आम जनतासम्म पुर्‍याउनू । डेंगुसँग सम्बन्धित सामाजिक सञ्जाल लगायतमा आएका र आउन सक्ने अफवाहहरूको निराकरण हुने गरी सही र सत्य सूचना आम जनतासम्म पुर्‍याउनू । यसका लागि नेपाली भाषाका साथै अन्य राष्ट्रिय भाषा र अंग्रेजी भाषामा समेत सूचना प्रवाह गर्ने प्रबन्ध गर्नू । यस्तो सूचना रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाईन लगायतका आम सञ्चारका माध्यमबाट व्यापक प्रचार प्रसार गर्नू । सूचनालाई व्यापकता दिन अनलाईन, वेवसाईट लगायत सामाजिक सञ्जालको समेत उपयोग गर्नू, स्थान अनुसार माईकिङ्ग गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, फ्लेक्स बोर्ड सार्वजनिक गर्ने, स्कूल–कलेजका विद्यार्थीलाई जानकारी दिने र आम नागरिक भेला हुने स्थान तथा कार्यक्रमहरूमा यससम्बन्धी सूचना प्रवाह गर्ने प्रबन्ध मिलाउनू ।”
यस्तो छ जारी गरिएको विज्ञप्तिः

Prabhu Bank
Agni Group
NIC Asia

प्रेश विज्ञप्ति

डेंगुबाट बच्न आम नागरिकलाई उपयुक्त माध्यमहरूबाट व्यापक रुपमा
तत्काल सूचना प्रवाह गर्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको नाममा जारी भएको आदेशसम्बन्धी प्रेश विज्ञप्ति

Global Ime bank

नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था छ । यसै अनूरुप गठित राष्ट्रिय सूचना आयोगको सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १९(ग) मा भनिएको छ, नागरिकको जानकारीका लागि सूचना सार्वजनिक गर्न सम्बन्धित सार्वजनिक निकायलाई आदेश दिने ।
 सूचनको हक नागरिकको मौलिक हक हो । यस हकको प्रचलनका लागि सरकार जति तत्परतावश आम नागरिक समक्ष प्रस्तुत हुन्छ, सोही हदमा आम नागरिकले लोकतन्त्रको अनुभूति गर्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । यसर्थ राज्य प्रणालीसँग रहेका आम जनतामा लाभ पुग्ने, सुरक्षाको अनुभूति हुने र राज्य प्रणालीप्रति भरोसा राख्न सक्ने सबै प्रकारका सूचनाहरू राज्य प्रणाली स्वयं सक्रिय एवं अग्रसर भै सूचना प्रवाह गर्नु पर्ने आयोगको मान्यता रहीआएको छ ।
नागरिकको सूचनाको हक, यसको महत्व र उपयुक्त मौकामा  सम्वन्धित सूचना प्रवाह गर्नु पर्ने राज्य प्रणालीको दायित्वलाई स्मरण गराउँदै हाल मुलुकभरी फैलिएको डेंगुको संक्रमणका सम्बन्धमा सम्वन्धित निकायबाट के कसरी सूचना प्रवाह गरी आम जनतामा डेंगुबिरुद्धको सुरक्षाभाव जागृत गराएको छ भन्ने बिषयमा राष्ट्रिय सूचना आयोगको गंभिर ध्यानाकर्षण भएको छ । 

प्रस्तुत सन्दर्भमा नेपालमा संक्रमणको रुपमा फैलिएको डेंगु रोग र यसको नियन्त्रणका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अस्पताल र स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय, आमसञ्चारका माध्यम तथा परोपकारी संस्था र व्यक्तिहरूबाट भैरहेको प्रयासका बारेमा आम जनतालाई सुसूचित गर्नुपर्छ । यसैगरी डेंगु जस्तो महामारीको रुपमा फैलने रोगबाट बच्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बद्ध निकाय एवं विषय विज्ञहरूसँग यस रोगबाट बच्ने उपायहरू सम्बन्धी सूचना आम जनताले सर्वसुलभरुपमा पाउनु पर्ने कुरातर्फ आयोग नेपाल सरकारको सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीको गम्भिर ध्यानाकर्षण गराउँछ ।
यसर्थ, मुलुकभित्र फैलिदो डेंगुको महामारी रोक्ने कार्यलार्ई आम जनताले महशुस गर्ने गरी सार्थक र सफल तुल्याउन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको नाममा निम्न आदेश जारी गरिएको छ । 
आयोगबाट जारी भएको आदेश
डेंगु भनेको के हो ? यसको संक्रमण कसरी फैलिन्छ ? डेंगु कसरी सर्छ ?कसरी थाहा हुन्छ ? यसका लक्षणहरू के के हुन् ? यसबाट बच्न के कस्तो उपाय अपनाउनु पर्छ ? उपचार बिधि के हो ? कुन कुन अस्पताल र स्वास्थ्य संस्थाबाट के कस्तो सेवा हासिल हुन्छ ?जस्ता आम नागरिकबाट बारम्बार सोधिने डेंगु रोग सम्बन्धी प्रश्नहरूको जवाफ चिकित्सक र विज्ञहरूको परामर्शसहितको सूचनाहरू विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरी आम जनतासम्म पुर्‍याउनू । 
डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियानका लागि आवश्यक सूचना प्रकाशन र प्रसारण गरी आम जनतासम्म पुर्‍याउनू । डेंगुसँग सम्बन्धित सामाजिक सञ्जाल लगायतमा आएका र आउन सक्ने अफवाहहरूको निराकरण हुने गरी सही र सत्य सूचना आम जनतासम्म पुर्‍याउनू । यसका लागि नेपाली भाषाका साथै अन्य राष्ट्रिय भाषा र अंग्रेजी भाषामा समेत सूचना प्रवाह गर्ने प्रबन्ध गर्नू । यस्तो सूचना रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाईन लगायतका आम सञ्चारका माध्यमबाट व्यापक प्रचार प्रसार गर्नू । सूचनालाई व्यापकता दिन अनलाईन, वेवसाईट लगायत सामाजिक सञ्जालको समेत उपयोग गर्नू, स्थान अनुसार माईकिङ्ग गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, फ्लेक्स बोर्ड सार्वजनिक गर्ने, स्कूल–कलेजका विद्यार्थीलाई जानकारी दिने र आम नागरिक भेला हुने स्थान तथा कार्यक्रमहरूमा यससम्बन्धी सूचना प्रवाह गर्ने प्रबन्ध मिलाउनू । 
नागरिकलाई सूचना प्रवाह गर्ने काममा संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाबाट पनि सूचना प्रवाह गर्ने प्रबन्ध मिलाउनू । डेंगु रोगबाट बच्नका लागि आम उपभोक्ताले सजगता अपनाउनु पर्ने प्रमुख बुँदाहरू नेपाल टेलिकम लगायत निकायबाट छोटो एसएमएसको माध्यममार्फत सूचना पठाउने प्रबन्ध गर्नू । यसरी डेंगुको संक्रमण तत्काल रोक्न, आम जनतामा आवश्यक सूचना प्रवाहका माध्यमबाट ढाडस पैदा गर्न र संक्रमितको शीघ्र उपचार गर्ने लगायतका यससँग सम्बन्धित समग्र सूचनालाई एकीकृत गरी सरल र सहज भाषामा आम नागरिकको पहुँचमा पुगेको पूर्ण प्रत्याभूति गराउनू ।

    यशोदादेवी तिम्सिना
    प्रबक्ता
    सूचना आयुक्त
    २०७६–५–३०
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC