साहित्य
काठमाडौं । लोकदोहोरी गायिका सुनिता दुलालले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । शनिबार सार्वजनिक गरेको उनको गीतमा शब्द महेश खड्का र कुमार बिबाहितको रहेको छ भने संगीत महेश खड्काले गरेका छन् ।
‘यसपाली नि खाने दर, जाने म त माइती घर’ बोलको गीतमा उनी स्वयमले मोडलिङ गरेकी छन् भने लक्ष्मी गिरी र राधा लम्सालले उनलाई साथ दिएका छन् । गायिका दुलालले आफूले निकै मेहनत गरेर गीत तयार पारेको बताइन् ।
“मैले निकै मेहनत गरेर गीत तयार पारेकी हुँ, आशा छ सबैले मन पराइदिनु हुनेछ,” दुलालले भनिन्,“मेरो गीतमा दिदीबहिनी छमछमी नाच्न सक्नुहुन्छ, मनोरञ्जन लिन सक्नुहुन्छ ।”
पछिल्लो समय तिजका गीत भड्किलो हुँदै गइरहेको आरोप लागिरहेका बेला उनी भने आफू यसबाट आफै टाढै रहेको बताउँछिन् । “म तिजमा अरुका गीत गाउँदिन । अरुका गीत गाएपछि उनीहरुले जस्तो भन्यो त्यस्तै गाउनुपर्छ । त्यसैले म अरुका गीत गाउँदिन,” उनी भन्छिन्,“म आफ्नो गीत त चित्त नबुझेसम्म शब्द परिवर्तन गर्न लगाउँछु, मेरा गीत समाज, संस्कृति र संस्कारलाई सहयोग गर्ने मात्रै हुन्छन् । माइतीघर पनि यस्तै गीत हो । सस्तो लोकप्रियताका लागि भड्किला गीत गाउनु हुँदैन भन्ने मेरो मान्यता हो ।”
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३ १८:५७
प्रतिक्रिया दिनुहोस्