काठमाडौं । भक्तपुर–२ बाट निर्वाचित सांसद महेश बस्नेत लामखुट्टे मार्न आफैँ कस्सिएका छन् । निर्वाचन क्षेत्रमा डेंगुको जोखिम बढेपछि सांसद बस्नेत आफैँ लामखुट्टेको बासस्थान निर्मूल मार्न ‘डेंगु गन’ बोकेर निस्किएका हुन् । गनमा डिजेल, पेट्रोल र जिभ्यानको मिश्रण गरिएको हुन्छ, जसको धुवाँले लामखुट्टे नियन्त्रण गर्छ ।
हनुमन्ते नदी सफाइ अभियानको पहलमा मध्यपुर ठिमी नगरपालिकाको मनोहरा खोला आसपासमा बस्तीमा लामखुट्टे नियन्त्रणका लागि खटिएको सांसद बस्नेतको सचिवालयले जनाएको छ ।
“मनोहरा नदी किनारका सुकुम्बासी बस्ती जोखिममा परेपछि विषादी छर्किएको हो,” बस्नेतको सचिवालयले बाह्रखरीसँग भन्यो, “निर्वाचन क्षेत्रमा अन्य जोेखिमका बस्तीमा पनि विषादी छर्किन्छौँ ।”
देशभर डेंगुले महामारीको रूप लिएको छ । हालसम्म ४५ हजार प्रभावित छन् । पाँच जनाको ज्यान गइसकेको छ ।